© २०२३
दाङ, १५ साउन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय दल बन्न तीन प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था सुधार्न आवश्यक रहेको बताएका छन्।
प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले त्यही व्यवस्थाले गर्दा राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताएका हुन्।
पार्टीहरू उम्मेदवार हुँदा डेढ प्रतिशत भोट ल्याएपछि प्रादेशिक पार्टी हुने र तीन प्रतिशत मत ल्याएमा राष्ट्रिय पार्टी हुने व्यवस्था सही नभएको उनले बताए।
‘व्यक्तिले दश प्रतिशत मत ल्याएन भने जमानत जफत हुन्छ,’ उनले भने, ‘निर्वाचन कानुनको यो व्यवस्था मिलेको छ त ? छैन नि।’
त्यही चिज सुधार गर्नका लागि साना पार्टी रिसाउँछन् भन्ने कुराको तुक नरहेको बताए। लोकतन्त्रलाई सही बाटोमा लैजानका लागि साना दल हैन बरू जनता रिसाउँछन् भन्न सक्नुपर्ने तर्क उनको थियो।
‘उम्मेदवारले दश प्रतिशत भोट नल्याए जमानत जफत हुँदा हरेक उम्मेदवार रिसाउँछन् नि,’ पोखरेलले प्रश्न गरे, ‘तर, पार्टीका हकका डेढ प्रतिशत र तीन प्रतिशत मापदण्ड राखेपछि अनि लोकतन्त्र अस्थिर हुँदैन भनेर बहस गर्न नचाहाने, त्यस्तो पनि हुन्छ र?’
लोकतन्त्रको स्थायित्वका लागि दलहरू जिम्मेवार र बलिया हुनुपर्ने उनको कथन थियो। त्यसैका लागि प्रमुख दुई दलहरू मिलेको उनले बताए।
साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीतिक दल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलको भनाइ थियो।
फरक प्रसंगमा उनले महासचिव पोखरेलले वामपन्थीहरूका बीचमा एकताको कथा असफल भइसकेको भन्दै अब फेरि पुरानै बाटोबाट अघि बढ्न नसकिने बताए।
‘कम्युनिस्ट पार्टी एकताको प्रहसन अब दोहोरिँदैन,’ उनले भने, ‘बरू कम्युनिस्ट विचारको एकता आवश्यक हो।’
नेताको टाउको जोडेर गरिने एकता दिगो नहुने कथा व्यहोरिसकेको भन्दै अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण जरूरी रहेको उनले तर्क गरे।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी