Butwal Today

संसदमा कृषि समितिको सभापति निर्वाचन मंगलबार हुने

१३ श्रावण २०८१, आइतबार
अ+
अ-

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने भएको छ ।

सभामुख देवराज घिमिरेले समितिको सभापतिको मनोनयन सोमबार हुने र निर्वाचन मंगलबार हुने गरी तोकेका हुन् । यस अघि समितिको सभापति रहेकी कांग्रेस नेतृ डा। आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सभापति पद खालि रहेको थियो ।