ट्रेंडिंग:

>> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने

अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर

लक्ष्मी मुसहरको शिक्षक बनेर शिक्षामा पछाडि परेको आफ्नै समुदायका बालबालिकालाई पढाउने रहर । उनको रोजगारी देखेर बालबालिकाहरू पढ्ने रहर बढाउँदै विद्यालय पुग्ने र अभिभावकले सन्तानलाई विद्यालय पठाउने बुझाइलाई कहिले कार्यान्वयनमा ल्याउने, अनि सोच्ने ?
१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार

बुटवल, १२ साउन ।
शिक्षक बन्ने रहर उनको सानै देखिको थियो । त्यसैले एसईईपछि उनले कक्षा ११ र १२ मा शिक्षा समूह रोजिन् । पढिन् । उत्तीर्ण गरिन् । कक्षा १२ पाससँगै लक्ष्मी मुसहरको विवाह गाउँकै मिथुन मुसहरसँग भयो । त्यो २०७५ सालको कुरा थियो ।
भर्खरै विवाह गरेकी रूपन्देहीको कञ्चन गाउँपालिका–२, मुसहरटोलकी लक्ष्मीसँग गाउँमा २०७५ सालमा भेट हुँदा शिक्षक बन्ने रहर भएको बताएकी थिइन । शिक्षक बन्ने रहरले शिक्षा विषय लिएर पढेँ, विद्यालयका सरहरूले पनि सहयोग गर्छु भन्नुभएको छ उत्साहित हुँदै उनले भनेकी थिइन । शिक्षक बनेर हामी जस्तो शिक्षामा पछाडि परेको मुसहर समुदायका बालबालिकालाई पढाउँछु । मेरो पढाइ र रोजगारीले पनि बालबालिकाहरू पढ्न विद्यालय पुग्नेछन् । अभिभावकहरू आफ्ना सन्तानलाई विद्यालय पठाउनेछन् ।

छ वर्षपछि लक्ष्मी २०८१ साउनको दोस्रो हप्तामा उनकै गाउँमा भेटिइन । उनको त्यो शिक्षक बन्ने रहर पूरा भएको थिएन । अहिले उनी गृहिणीको रूपमा समय विताइरहेकी छिन् । शिक्षक बन्ने रहर के भयो ? भन्ने जिज्ञासामा उनको जवाफ थियो नाँई भएन । बच्चा भयो, घरको काम हेर्नुप¥यो । सासु, ससुरा हुनुहुन्छ । मैले नै घर चलाउनुपर्छ । बच्चालाई स्कुल पठाउनुपर्छ । उनले शिक्षक बन्न नसक्नुका आधा दर्जन बढी कारण सुनाइन । अहिले उनको शिक्षक बन्ने रहर मरिसकेको भेटियो । श्रीमान पोखराको एक होटलमा काम गर्ने हुँदा घर व्यवहार सबै हेरिरहेको र अरू कुरा गर्न समय नभएको उनको भनाइ थियो ।

लक्ष्मी मुुसहर दुई सन्तानकी आमा बनिसकेकी छिन् । पहिलो छोरा ५ वर्ष र दोस्रो छोरा ३ वर्षको पुगिसकेका छन् । ती दुबै जना प्रगति माध्यमिक विद्यालयको बालविकास केन्द्रमा भर्ना छन् । श्रीमान् श्रीमती दुबै जना पढेको हुँदा आफ्ना सन्तानलाई पढाउनुपर्छ भन्नेमा भने उनी चिन्तित भेटिइन ।
लक्ष्मीका अनुसार गाउँमा उनीजस्तै अरू तीन जनाले कक्षा १२ पास गरेका छन् । त्यसरी कक्षा १२ पास गर्नेमा उनका श्रीमान् मिथुन मुसहर, लक्ष्मीका सहोदर भाई राजेन्द्र मुसहर र नाताले भाई पर्ने विनोद मुसहर हुन् । ती सबैले शिक्षा विषय लिएर पढेका थिए । तर कोही पनि शिक्षक बनेनन् । उनका श्रीमान पोखराको होटलमा काम गर्छन् । विनोद वैदेशिक रोजगारीमा मलेशिया गइसकेका छन् । राजेन्द्र पनि पासपोर्ट बनाएर विदेश जाने तयारी गरिरहेका छन् । दाईकी छोरी अस्मिता मुसहर यो पटकको एसईई (कक्षा १०) मा धेरै विषय लाग्यो । उनले पूरक परीक्षा दिइनन् । अरूले पढेपनि कक्षा ६, ७, ८ मै छाड्ने गरेको लक्ष्मी बताउँछिन् ।

कञ्चन गाउँपालिकाको वडा नं. २ मा रहेको गौतमबुद्ध आधारभूत विद्यालयमा २१६ जना बालबालिका छन् । त्यसमध्ये छात्र १४ जना र छात्रा १६ जना गरी ३० जना मुसहर बालबालिकाले पढिरहेका छन् । कतिपय मुसहर परिवारका सबै बालबालिका विद्यालय भर्ना भएका पनि छन् । त्यसैका उदाहरण हुन्, रंजीत मुसहर, सिर्जना मुसहर र रंजना मुसहर हुन् । उनीहरू दिदी भाइ हुन् । उनीहरूले पालिकाको गौतमबुद्ध आधारभूत विद्यालयको क्रमशः कक्षा ५, ६ र ७ मा पढ्दैछन् । विद्यालयका अनुसार उनीहरू नियमित विद्यालय आउने गरेका छन् । तर धेरैजसो परिवारका बालबालिका विद्यालय नियमित आउँदैनन् ।

विद्यालयका प्रधानाध्यापक केशव विकले मुसहर समुदायका बालबालिकामा विद्यालय नियमित नआउने र बीचमै कक्षा छाड्ने समस्या रहेको बताउँछन् । अभिभावक मजदुरीमा जाँदा बालबालिकालाई सँगै लैजाने, घर कुर्न लगाउने र पढाइमा वास्तै नगर्दा मुसहर समुदायका बालबालिका शिक्षामा पछि परिरहेको प्रअ विकको भनाइ छ । बालबालिका विद्यालय नआउँदा हामी कहिलेकाही उनीहरूको घरसम्म पनि पुग्छौं उनले भने, तरपनि नियमित गर्न सकिएको छैन् । उनका अनुसार मुसहर बालबालिकामा आधारभूत तह (कक्षा ८) पूरा नगरी बीचमै छाड्ने दर उच्च छ ।

कञ्चन गाउँपालिकाको वडा नं. २ का अध्यक्ष टेकबहादुर गुरुङका अनुसार उक्त वडामा मुसहरको करिब ५० घर रहेका छन् । अध्यक्ष गुरुङले मुसहर परिवारका बालबालिका विद्यालयमा पुगेपनि बीचमै छाड्ने समस्या रहेको बताए । विद्यालय त जान्छन् तर धरैजसोले ५ कक्षा पूरा नगरी छाड्छन् उने भने, मजदुरी गर्न सक्ने भएपछि विद्यालय छाड्ने समस्या छ । गाउँमा रहेको किशोरी सञ्जालले विद्यालय बाहिर रहेका बालबालिको बिषयमा कुरा ल्याएको र उनीहरूलाई नाम संकलन गर्न भनेको बताए । त्यस्ता बालबालिकाका लागि ठूलो सहयोग गर्न नसकेपनि स्टेशनरी सहयोग गर्नका लागि वडाबाट पैसा छुट्याएको उनले सुनाए । उनले मुसहर परिवारलाई वडाबाट खानेपानी धार जडान गरी निःशुल्क खानेपानीको व्यवस्था गरिदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission