ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
खबर रफ्तार

राष्ट्रिय जनमोर्चाबाट विद्रोह गरेको समूहले ब्यूँतायो नेकपा मशाल

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल दक्षिणपन्थी संशोधनवादी भएको आरोप
३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

बुटवल, ३ कात्तिक ।

राष्ट्रिय जनमोर्चाबाट विद्रोह गरेको समूहले नेकपा मशाल ब्यूँताएको छ । राष्ट्रिय जनमोर्चाको भूमिगत मोर्चा मानिने नेपाल कम्युनिष्ट पार्टी (मसाल) बाट विभाजित समूहले नेकपा मशाल ब्युँताएको हो । राष्ट्रिय जनमोर्चा हाल सत्ता गठबन्धनमा रहेको छ भने विद्रोही संगठन गठबन्धनमा छैन ।

उसले आगामी निर्वाचनमा भाग नलिने पनि बताएको छ । मसालको असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको हो । महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

महाधिवेशनबारे जानकारी गराउन बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव नेपालीले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल दक्षिणपन्थी संशोधनवादी भएकाले पार्टीबाट विद्रोह गर्नुपरेको बताए । उनले मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएको दाबी गरे ।

नेकपा मशालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग नलिने महासचिव नेपालीले बताए । मशालको पार्टीको मूल संरचना भूमिगत रहने तर जिल्लास्तरका नेता खुला हुने उनले जानकारी दिए । पार्टी पोलिटब्युरो सदस्यहरु कृष्णराज पौडेलले बागलुङ, अर्घाखाँची, प्यूठानसहित ४० भन्दा बढी जिल्लामा पार्टीको संगठन बनेको बताए ।

महाधिवेशनले पार्टीको सहयोगी संगठनको रुपमा रहेको जातीय समता समाजलाई विघटन गरेको छ । स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरुसमेत राष्ट्रिय जनमोर्चाका ५० प्रतिशत नेता–कार्यकर्ता आफ्नो पक्षमा रहेको महासचिव नेपालीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?