ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
कपिलवस्तु अस्पताल

कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब

अस्पतालकै नाममा ४१ पटक र सञ्जिवनी क्लिनिकको नाममा १९ वटा बिल काटि औषधि बिक्री गरिएको तथ्य फेला परेको छ तर बिक्री भएको औषधिको पैसा अस्पतालमा आएको छैन ।
११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), ११ साउन ।

कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु अस्पताल फार्मेसीको औषधि निजी क्लिनिकमा बिक्री गरेको पाइएको छ । अस्पतालका पूर्व मेसु डा. विपिन जयसवालले अस्पताल फार्मेसीको औषधि अस्पतालकै नाममा र निजी क्लिनिकमा बिक्री गरेपछि रहस्य बाहिरिएको हो । अस्पतालकै नाममा ४१ पटक र सञ्जिवनी क्लिनिकको नाममा १९ वटा बिल काटि औषधि बिक्री गरिएको तथ्य फेला परेको छ ।
अस्पतालले टेण्डर गरि खरिद गरेको औषधि डिस्टिव्युटर्स भन्दा सस्तो पर्ने भएपछि अस्पतालबाट बिल काटेर औषधि निजी क्लिनिकमा पु¥याइएको पाइएको छ । मेसु जयसवाल, उनका भाइ डा. विकास जयसवाल र विनय जयसवालले तौलिहवा बजारमा संजिवनी क्लिनिक संचालन गरेका थिए । २०८० जेठको अन्तिम साता डा. विपिन अस्पतालको मेसु भएपछि साउनदेखि क्लिनिक सञ्चालन गरेको स्रोतको दाबी छ । फाल्गुनदेखि माघ महिनामा औषधि लगिएको थियो ।

यसैगरी डा. जयसवालले अस्पतालको नाममा बिल काटेर निजी क्लिनिकमा औषधि लगेको प्रमाणले देखाएको छ । एक पटकमा एक लाखसम्म औषधिको बिल काटिएको छ । तर सञ्जिवनी क्लिनिकका सञ्चालक डा. विकास जयसवालले कपिलवस्तु अस्पतालबाट आफूले कुनै औषधि नलगेको दावी गरे । डा. बिपिन र फार्मेसी अधिकृत विरेन्द्र प्रसाद गुप्ताको मिलेमतोमा कार्यभएको प्रष्ट देखिएको छ ।

निजी क्लिनिकलाई औषधि बिक्री
अस्पतालले नार्कोटिक्स र साइकोट्राफिक औषधिसमेत नियम विपरित बिक्री गरेको छ । सञ्जीवनी क्लिनीकको नाममा ती औषधि होलसेलमा बिक्री गरिएको छ । चिकित्सकको सिफारिस बिना बिक्री गर्न नपाउने ओल्प्राजोर्म, क्लोमोजीपार्म जस्ता नशा लगाउने औषधिसमेत अस्पतालबाट लगिएको छ । अस्पतालबाट मात्र बिक्री गर्न पाइने टर्माडोल समेत निजी क्लिीनिकलाई बिक्री गरिएको पाइएको छ । अस्पतालले टेण्डर गरी औषधि खरिद गर्ने भएकोले डिस्ट्रव्युटर्सभन्दा धेरै सस्तो मूल्य पर्न जान्छ ।

केही औषधि डिस्ट्रीव्युटर्स भन्दा ३ देखि ४ गुणा सस्तो रहेको छ । त्यस्ता औषधि डा. विकासले अस्पतालबाट खरिद गरेको देखिएको छ । औषत ५ रूपैयाँ पिस पर्ने पेन्टाप्राजोल १ रूपैया ६० पैसाको दरले अस्पताल एकै पटक २ हजार पिस खरिद गरिएको छ । डा. विकासलले भने–‘ हाम्रो क्लिनिकमा नार्कोटिक औषधि अहिलेसम्म बेचेका छैनौ । अस्पतालको फार्मेसिले विलीङ गरेको कुरा थाहा छैन् ।’

के गरेका थिए पूर्व मेसु जयसवाल
अस्पतालको फार्मेसीबाट लाखौँ रकम बराबरको औषधि गायब छन् । प्रतिबन्धित औषधि, लागूऔषधमा दुरूपयोग भएको आशंका छ । पूर्व मेसु डा. विपिनले २०८० साउनमा फार्मेसीको इन्चार्जको रूपमा विरेन्द्र प्रसाद गुप्तालाई फार्मेसी अधिकृतमा नियुक्ती गरेका थिए । गुप्ताले कार्यभार सम्हालेको एक वर्षमा मेसुकै निर्देशनमा फार्मेसीमा नियम उल्लंघन गरी कार्य गरिएको छ । अस्पतालले यहि साउन ३ गते फार्मेसी अधिकृत गुप्तालाई औषधिको मौजदात नमिलेकोले हिसाब मिलान गर्ने गरी पत्र पठाई एक हप्ते अल्टिमेटममा पुनः विवरण बुझाउन निर्देशन दिइएको छ ।

प्रतिबन्धित औषधि मेसूको क्लिनिकमा
अघिल्लो आर्थिक वर्षको औषधिको लेखाजोखाका लागि अस्पतालकी व्यवस्थापक मेनुका रानासहितको टोली खटिएको थियो । लेखाजोखा गर्न बसेको टोलीले २५ लाख रूपैयाँ रकम बराबरको औषधिको हिसाब नरहेको जनाइएको छ । औषधिमा लागूऔषधमा दुरूपयोग हुने नार्कोटिक्स तथा हिप्नोटिक्स औषधि समेत रहेका छन् । जुन चिकित्सकाको सिफारिस विना बिक्री गर्न समेत प्रतिबन्धित छन् । फार्मेसीबाट ७ हजार पिस खरिद भएको क्लोनाजेपाम ०.५ एमजीमा ५ हजार ६ सय ३९ पिस औषधि गायव भएको छ ।

यसैगरी क्लोनाजेपाम ०.२५ एमजीको औषधी १ हजार पिस समेत गायव भएको छ । ९ सय पिस खरिद भएको क्लोवाजाम ०.५ एमजी मध्ये ७ सय २९ पिस फार्मेसीबाट गायव भएको छ ।
यी औषधी खादा नशा लाग्ने भएको हुनाले लागु औषध दुव्र्यसनीमा समेत प्रयोग हुने गर्दछ । अस्पतालले मात्र बिक्री गर्न पाउने नियम रहेको ट्रामाडोल ५० एमजी इन्जेक्सन समेत अस्पतालबाट गायव गरिएको छ । डोल्मा १ सय पिस र नेमाडोल ८५ पिस फार्मेसीबाट गायव भएको छ । प्रेसर रोगीको उपचारमा प्रयोग हुने एम्लोड लोस्टारोन ९ हजार थान, एटोरभास्टीन ११ हजार ५ सय ९८ थान, एटोरभास्टिन १० एमजी ८ हजार ८८३ थान, मेटोकोल्प्रामाइप १० एमजी ३ हजार ४८९ थान, एस्प्रिन १५० एमजी २ हजार २४६ थान, इस्माप्राजोल ४० एमजी २ हजार ६०८, सेफोडोक्सी माइन सिभी १ हजार ८४७ थान लगायतका औषधी फार्मेसीबाट हराएको छ । क्यानुला फिक्सर १ हजार ८२३ र क्यानुला (२२) १ हजार १२३ थान सेनेटरी प्याड १५ सय र ईन्जेक्सन ५ सय थानसमेत गायव छ ।
के भन्छन् सरोकारवाला
फार्मेसी इन्चार्ज रहेका विरेन्द्र प्रसाद गुप्ताले आफुले अनाधिकृत कार्य नगरेको र कसैले बदनाम गराउनका लागि आफु नभएको समयमा औषधि बेचेको हुन् सक्ने गैर जिम्मेवार जवाफ दिए । यता अस्पतालका अध्यक्ष शिवलाल यादवले अस्पताल व्यवस्थापक मेनुका रानाको संयोजकतत्वमा छानबिन समिति गठन भएको बताए । एक हप्तापछि आउने समितिको परिणाम अनुसार गैरकानुनी कार्य गर्ने र संग्लन हुनेलाई कानुनी दायरामा ल्याई कारवाही गर्ने उनको भनाई छ । औषधी बिक्री तथा बिलिङ गर्न अस्पताल फार्मेसीका कर्मचारीहरूलाई जबरजस्ती विलमात्रै काट्न लगाउने गरेको आरोप छ ।
स्रोतका अनुसार प्रायः साँझ वा राती संजिबनी स्वास्थ्य क्लिनीकका कामदार प्रत्येक पटक फरक फरक व्यक्ति औषधी वा बिल लिन आउने गरेको जनाइएको छ । सो कार्यमा लगाउने पूर्व मेुसु डा. विपिन जयसवाललाई फोन गर्दा भने उनी सम्पर्कमा आएन्न । प्रमुख सहायक कपिलवस्तु जिल्ला अधिकारी भविश्वर घिमिरेले यस विषयमा आफू अनबिज्ञ रहेको बताए । जिल्ला प्रशासन कार्यालममा कुनै किसिमको अस्पतालको अनियमितताबारे उजुरी वा गुनासो नआएको उनले जिकिर गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?