© २०२३
बुटवल, ८ साउन ।
नेकपा एमालेका नेता भेजप्रसाद श्रेष्ठले प्रदेशमा मुख्यमन्त्रीबारेको निर्णय राजनीतिक दलहरुले केन्द्रबाटै टुंगो लगाउने विगतदेखि अभ्यास रहेकाले लुम्बिनी प्रदेशमा पनि यही अभ्यास कार्यान्वयन भएको बताएका छन् ।
“मुख्यमन्त्री र मन्त्रीहरु कसलाई बनाउने भन्ने कुरा केन्द्रबाटै बिगतदेखि नै तय हुने गरेको छ, सोही अनुसार अहिले पनि लुम्बिनी प्रदेशमा केन्द्रको निर्देशन कार्यान्वयन गरिएको हो”–श्रेष्ठले भने ।
बुटवल टुडेलाई प्रतिक्रिया दिंदै उनले संविधान बमोजिम धारा १६८ को उपधार २ बमोजिम सरकार गठन हुँदा प्रदेश सभाका जुनसुकै सांसदलाई मुख्यमन्त्री हुन बाटो खुला गरेको बताए । “दुई वा दुई भन्दा बढी दलको समर्थमा धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तीका लागि संसदीय दलको नेता हुनु पर्दैन, त्यसल्े लुम्बिनी प्रदेशमा भएको निर्णय पनि संविधान अनुसार नै छ”–श्रेष्ठले भने ।
पार्टीमा विष्णु पौडेल निकट मानिने श्रेष्ठले केन्द्रबाटै मुख्यमन्त्री र मन्त्री तय गर्ने विषयलाई सबै दलहरुले मिलेर चिर्नुपर्ने बताए । “प्रदेशकै संसदीय दललाई निर्णय गर्न दिने गरी सबै मिलेर अहिलेसम्मको अभ्यासलाई बदल्नुपर्छ”–उनले भने ।
लुम्बिनीमा मुख्यमन्त्री नियुक्त भएपनि मन्त्रीहरुको बारेमा भने अझै टुंगो नलागेको उनले बताए । “मन्त्रीहरु पनि केन्द्रबाटै तय भएर आउँछन्, प्रदेश संसदीय दलको नेतालाई जानकारी दिएर केन्द्रबाटै तय हुने गरेको छ”–श्रेष्ठले भने ।
लुम्बिनीमा नेता लीला गिरी उपाध्यक्ष विष्णुप्रसाद पौडेल तथा मुख्यमन्त्री तथा चेतनारायण उपनेता आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन् । एमालेका नेताहरु तथा केही सांसदहरुले आचार्यलाई मुख्यमन्त्री बनाउन पहिले दलको नेता बनाएको भए राम्रो सन्देश जाने बताए पनि पार्टी केन्द्रको निर्णयबारे खुलेर बोल्न चाहेका छैनन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी