ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सुत्केरीलाई ‘उपाध्यक्षको पोषण कोसेली’

६ श्रावण २०८१, आइतबार
६ श्रावण २०८१, आइतबार

सल्यान, ६ साउन ।
सुत्केरी आमा र बच्चाको सबल स्वास्थ्यका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले सुत्केरी आमाहरूलाई ‘उपाध्यक्षको पोषण कोसेली’ उपलब्ध गराएको छ । गाउँपालिकाको ७ वटै वडा स्थित स्वास्थ्य संस्थासम्म पुगेर ३५७ जना आमाहरूलाई पोषण कोसेली उपहार झोला वितरण गरेको गाउँपालिकाले जनाएको छ । ‘आमा र बच्चालाई स्वस्थ राख्न सकेमा मात्रै परिवार, समाज, समुदाय र सिंगो देशको विकास एवम् समृद्धिमा टेवा पुग्न सक्छ, यही मान्यतालाई आत्मसाथ गर्दै हामीले सुत्केरी हुनुभएका आमाहरूलाई पोषणयुक्त खाना र सरसफाई सामग्री सहितको झोला कोसेली स्वरूप वितरण गरेका हौँ’, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रिले भनिन् ।

सुनौलो हजार दिनको अवधिमा पोषण तथा सरसफाइको महत्व बुझाउन, स्वास्थ्य संस्थामा सुत्केरी हुनका लागि प्रोत्साहन गर्न एवम वालवालिकाको बृद्धि विकासमा सहयोग पुर्याउनका लागि ‘उपाध्यक्षको पोषण कोसेली’ कार्यक्रम मार्फत आवश्यक सचेतनाका क्रियाकलापहरू सञ्चालन गरिएको हो ।
गत वर्ष पोषणयुक्त खानेकुरा उपहार स्वरूप पाएर पोषणको महत्व बुझेकी छत्रेश्वरी ५ सिरुवालीकी प्रकृति बुढाथोकीले अहिले आफ्नो बच्चालाई घरमै पोषिला खाद्य परिकार बनाएर खुवाउनेगरेको बताइन् । ‘मेरो छोरा २२ महिनाको भयो । मकै, गहुँ, भटमास लगाएतका अन्न र गेडागुडी भुटेर पिठो बनाई परिकार बनाएर खुवाउने गरेकी छु’, उनले भनिन्, ‘फलफुल, अण्डा, सागपात, जाउलो पनि नियमति रूपमा खुवाउने गरेका छौँ ।’ गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रमले पोषणको महत्वबारे धेरै जानकारी पाएको भन्दै उनले घरमै ताजा तरकारी, फलफुल उत्पादन गर्नेगरेको र यसमा घरपरिवारका अन्य सदस्यहरूले पनि राम्रो साथ दिइरहेको प्रकृतिको भनाई छ ।

२०८० साउन देखि २०८१ असार सम्म सुत्केरी भएका आमाहरूलाइ पोषण कोसेली वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । वडा नं. १ स्थित दमाचौर स्वास्थ्य चौकीबाट ३७ जना, वडा नं. २ को दहखोला आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट ५१ जना, वडा नं ३ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र दोहलीबाट ४७ जना सुत्केरी आमाहरूलाई पोषण झोला वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जानकारी दिइन् । यस्तै वडा नं. ४ स्थित कोर्वाङ झिम्पे स्वास्थ्य चौकी जयचौरबाट ४९ जना, वडा नं ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराबाट ५६ जना, वडा नं. ६ स्थित छायाँछेत्र स्वास्थ्य चौकीबाट ७० जना र वडा नं. ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र जामुनेखोलाबाट ४७ जना सुत्केरी भएका आमाहरूलाई पोषण कोसेली वितरण गरिएको उनले जनाइन् । उपाध्यक्षको पोषण कोसेलीको झोलामा चना, केराउ, सिमी लगायतका गेडागुडीहरू एक किलो, सर्वाेत्तम पिठो १ किलो र एक एक पिस साबुन र नङकट रहेको छ । पोषण कोसेली जिल्लामै उत्पादन भएको हो । ‘सुत्केरी आमाहरूलाई वितरण गरिएको पोषण कोसेली उहाँहरूलाई पुग्नेगरी दिइएको होइन, उहाँहरूलाई पोषणको महŒव बुझाउन र घरमा आफै पोषिलो खानेकुराहरू तयार गर्न सकिन्छ भनेर सिकाउनका लागि यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको हो’, स्वास्थ्य शाखा प्रमुख भट्टराईले भनिन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरूले पोषणका लागि २ हजार ५ सय रूपैयाँ, यातायात खर्च वापत २ हजार रूपैयाँ र मापदण्ड अनुसार ४ पटक गर्भजाँच गरेमा उत्प्रेरणा स्वरूप ८ सय रूपैयाँ प्राप्त गर्नेगरेको उको भनाई छ ।

मातृ, नवजात शिशु तथा नाबालकको पोषण मार्फत होचोपन, पुड्कोपन र ख्याउटेपन न्यूनीकरण गर्ने र गम्भिर कुपोषणको व्यवस्थापन गर्ने उद्देश्य अनुरूप गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विशेष गरि बालबालिकाको शुरूवाती वर्षहरूमा पोषणमा गरिने लगानीले उनीहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले छत्रेश्वरी गाउँपालिकाले ‘उपाध्यक्षको पोषण कोसेली’ कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य शाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?