© २०२३
बुटवल, ५ साउन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको एमाले काँग्रेस गठबन्धनको सरकारबाट संसद नै विघटन हुने खतरा रहेको बताएका छन् । बुटवलमा पार्टी निकट प्रगतिशिल पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अहिलेको सरकारले विगतमा पनि संसद विघटन गरेको ईतिहास रहेको भन्दै अहिलेको नेपाली काग्रेस र एमालेको गठबन्धनबाट पनि संसद विघटन हुने सक्ने भन्दै त्यसतर्फ सबै जना सचेत हुनुपर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले दुई दलका विचमा भएको भनिएको ७ बुँदे सम्झौता अहिले सम्म बाहिर नआएको भन्दै त्यसलाई वाहिर ल्याउनको लागि समेत उनले माग गरे । यस्तै उनले राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने समेत जानकारी दिए । उनले विगतको दिनमा पूर्ण समर्थन गरेपनि कम्युनिष्ट पार्टीको विचमा भाँजो हाल्ने काम भएको भन्दै अहिलेको अवस्थामा विश्वासको मत दिन नसकिने बताएका हुन् ।
यस्तै उनले प्रदेश सरकार खारेज गरी विकेन्द्रीकृत शासन नेपालमा आवश्यक भएको बताए । आफु संघीयताको विरोध नभई नेपालमा संघीयता थेग्न नसक्ने अवस्था ५, ७ बर्षमा नै प्रमाणित भैसकेको भन्दै पुर्व उप प्रधानमन्त्री समेत रहेका नेता केसीले अहिलेको व्यवस्था खारेज गरी पालिकालाई सुविधा सम्पन्न बनाएर विकेन्द्रीकृत संघीयताको मोडल लागु गर्नुपर्नेमा जोड दिएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी