ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

जनताका गुनासा सुन्दै छत्रकोट

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

गुल्मी, ३१ साउन  । गुल्मीको छत्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को अन्तिम सार्वजसनक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो चौमासिक अबधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बीर बहादुर पुनले पालिकाले आर्थिक वर्ष २०८०/८१ को वित्तिय प्रगति अनुसार पुँजीगत विकास तर्फ ८७.९२ प्रतिशत वित्तिय प्रगति गरेको जानकारी गराएका थिए । जिल्लाका अन्य पालिकाहरूको तुलनामा पँुजिगत तर्फ छत्रकोट पहिलो भएको दावी गरेका छन । प्रमुख प्रशासकीय अधिकृत पुनले आर्थिक वर्ष अबधिसम्म भएगरेका विभिन्न कार्य प्रगति बिबरणको बारेमा सेवाग्राहीलाई जानकारी गराएका थिए ।
प्रस्तुत बिबरण अनुसार गाउँपालिकामा बसाई सराई र सम्बन्ध बिच्छेदका घटनाहरू बढ्दै गएको । स्वास्थ्य, शिक्षा, कृषि, सडक एवं पुर्वाधार निर्माण, अपांगता, जेष्ठ नागरिक, महिलात तथा वालवालीका, दलीत एवं जनजाती लगायतका क्षेत्रमा मुख्य प्राथमिकता दिएको बताए ।
कार्यक्रममा बोल्ने सेवाग्राहीहरूले असारे विकासले निम्त्याउने समस्या, निर्माण व्यवसायीले समयमा काम नगर्दा स्थानीयमा परेको समस्या, सडक निर्माण कार्य अलपत्र, वाँदर, बनेल, दुम्सी लगायतका वन्यजन्तुले कृषकलाई पुराएको हैरानी, अनुगमनमा तेश्रो पक्षको अनुपस्थिति, संग्रालयलाई व्यवस्थीत गर्नु पर्ने लगायतका विषयमा जिज्ञासा एवं सुझावहरू राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरूको जिज्ञासाहरू मेटाउँदै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सबल, सक्षम, संमृद्ध पालिका निर्माणका लागि गाउँपालिकाका सबै क्षेत्रबाट सकरात्मक सहयोगको अपेक्षा गरेको बताए । उनले अहिलेको वर्तमान जनप्रतिनिधि र कर्मचारीको टिम सकरात्मक सोंचका साथ समृद्धि पालिका बनाउने अभियानमा लागि परेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले घरेलु हिंसा लगायतका घटनाहरूलाई कसैले पनि नलुकाई पालिकाको न्यायिक समितिमा जानकारी गराउन आग्रह गरेकी छन । कार्यक्रममा सेवाग्राहीको तर्फबाट युगराज बस्याल, भुबन भुसाल, रामकृष्ण न्यौपाने, धातानन्द भण्डारी, रुक बहादुर रास्कोटी, श्यामलाल पन्त, कमल प्रसाद श्रेष्ठ, शेर बहादुर राकसकोटी लगायतका व्यक्तिहरूले दुई दर्जज भन्दा बढी जिज्ञासा राखेका थिए । गाउँपालिकाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रम पालिकाका विषयगत शाखाका प्रमुखहरूले समेत सेवाग्राहीबाट आएको गुनासाहरूको बारेमा स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?