ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

जनताका आधारभूत समस्या ख्याल गरेर काम गर्छुः श्रेष्ठ

१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

बुटवल, १ कात्तिक ।

नेकपा एमाले प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफू निर्वाचित भए जनताको पूर्ण विश्वास जितेर काम गर्ने बताएका छन् । रूपन्देही क्षेत्र नम्बर २ (२) का उम्मेदवार श्रेष्ठले जनताको आधारभूत आवश्यकतालाई ख्याल गरी ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

मंगलबार बुटवलमा पत्रकारहरुसँगको छलफलमा उम्मेदवार श्रेष्ठले प्रदेश संरचनालाई बलियो बनाउँदै जनताका समस्यालाई गम्भीरताका साथ लिएर इमानदारितापूर्वक काम गर्ने बताए । प्रदेशका पूर्व मन्त्री समेत रहेका श्रेष्ठले बुटवलका ठूलो योजना कार्यान्वयनमा जोड दिँदै विकासको मोडलमा बुटवललाई नमूना बनाउन आफ्नो सम्पूर्ण ध्यान हुने बताए । ‘शिक्षा, स्वास्थ्य र रोजगारी जनताका प्रमुख आवश्यकता हुन’ श्रेष्ठले भने, ‘सर्वशुलभ बन्नुपर्छ, त्यो मेरो पहिलो आवश्यकता हो । तीन तहको सरकारलाई सहसम्बन्धन कार्यान्वन गर्दै जाने प्रयत्न मेरो रहनेछ ।’ जनतालाई पूरा गर्न नसकिने बाचाहरुप्रति आफू सचेत रहेको भन्दै गर्न सक्ने कुराहरु मात्र आफूले प्रतिबद्धताका रुपमा अगाडि सार्ने पनि श्रेष्ठले बताए ।

प्रदेश सरकारको छोटो कार्यकालको लागि स्वास्थ्यमन्त्री हुँदा पनि आफूले जनताका लागि दीर्घकालीन महत्वका काम गरेको भन्दै आगामी दिनमा पनि त्यस्तै कामहरु गर्ने आफ्नो योजना रहेको उनले सुनाए । सिद्धबाबाको वैकल्पिक मार्ग, झुम्सा खानेपानी, बुटवलको सडक, छाडा चौपाया व्यवस्थापन, फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि आफू सधै लागिरहेको उनको भनाई छ । श्रेष्ठ २०७४ को प्रदेशसभा निर्वाचनमा पनि रुपन्देही–२ (२) मा भारी मतका साथ विजयी भएका थिए ।

यो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र रूपन्देही–२ (१) प्रदेशसभामा लिला गिरी उम्मेदवार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?