ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान

३१ असार २०८१, सोमबार
३१ असार २०८१, सोमबार

बुटवल, ३१ असार ।

पेशागत महासंघ नेपाल रुपन्देहीले एमालेको दशौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।

एक कार्यक्रमका बिच महासंघले एमालेको नयाँ नेतृत्वलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले पेशाकर्मीको हक अधिकारको रक्षा र उनीहरुका पेशागत मुद्दाहरुका विषयमा पार्टी सहजीकरण गर्न तयार रहेको बताए ।

निजामती कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत विभिन्न क्षेत्रमा क्रियाशिल पेशाकर्मीले सेवाग्राहीलाई सहजरुपमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिंदै उनले पेशागत हक अधिकारका विषय मात्र नभएर सिंगो कर्मचारी संयन्त्रका साझा विषयलाई संबोधन गर्न एमालेले गम्भीरतापुर्वक पहलकदमी लिने बताए ।

पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज रमेश पाण्डेले संघीय निजामती सेवा ऐन अझै जारी हुन नसकेको, स्थानीय तहका कर्मचारीका समस्या अझै यथावत रहेको भन्दै आफूहरुले उठाएका मुद्दालाई संबोधन गर्नेगरी ठोस पहलकदमी लिन एमाले नेतृत्वसँग आग्रह गरे ।

पेशाकर्मीहरुले आफ्नो क्षेत्रमा गुणस्तर सेवा दिन प्रतिवद्ध रहेको भन्दै उनले प्रत्यक्ष राजनीतिमा संलग्न हुन नपाए पनि नागरिकलाई गुणस्तरीय सेवा प्रदान गरेर आफ्नो क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने काममा महत्वपूर्ण योगदान पु-याइरहेको बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं पेशागत महासंघ नेपाल लुम्बिनी प्रदेश इन्चार्ज कल्पना थापाले पेशाकर्मीहरुको पेशागत सुरक्षाका लागि सामूहिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।

पेशागत महासंघ नेपाल रुपन्देहीका अध्यक्ष राजीव अर्यालले पार्टी र पेशाकर्मीहरुबिचको सम्बन्ध सुद्धृढ गर्नका लागि पनि स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम गरिएको बताए ।

त्यस अवसरमा पेशागत महासंघ नेपाल रुपन्देहीका उपाध्यक्ष नरेन्द्र कुमार शर्मा, सदस्य नविन घिमिरेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?