ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

सीपले बनाउँदै आत्मनिर्भर

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, मदवाकी २० जना महिला सीपपछिको आम्दानीले यतिबेला घरपरिवारको खर्च चलाउन सक्ने भएका छन् । सीप सिकेर पैसा कमाउन थालेपछि घरपरिवार, समाजको हेराइ पनि सकारात्मक भएको उनीहरूको अनुभव छ ।
३० असार २०८१, आइतबार
३० असार २०८१, आइतबार

चन्द्रौटा(कपिलवस्तु), २९ असार । “केहि बर्ष अघि आफूले पैसा आउने काम गर्न सक्दिन भनी सोचेको थिए । तर सीप सिकेर पैसा आउने काम गरिरहेको छु । व्यक्तिगत खर्चसँगै घर व्यवहार समेत चलाउँछु । थोरै भएपनि बचत गर्दैछु” : नीता केसीले भनिन । सीप नहुँदा घर खर्चको कुरा त परै जाओस, आफ्नो व्यक्तिगत खर्च धान्न समेत धौ–धौ हुन्थ्यो उनले सुनाईन् । सीप सिकेपछि आत्मनिर्भर हुँदा घरपरिवार, समाजको हेराइ पनि सकारात्मक भएको केसीको अनुभव छ ।

दलित मानव अधिकार निगरानी समितिले २०७९ सालमा एक महिने आयोजना गरेको थियो । तालिम पश्चात २ लाख रकम व्यवस्थापन गरी स्थानीय महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरेको समितिले जनाएको छ । ५ जनाको समूहले झोला बनाउने साना उद्योग सञ्चालन गरेर पैसा कमाउन थालेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, मदवाकी नीता केसीसहित २० जना महिलाहरूले तालिम लिएको उनी बताउँछिन् । आफूलाई चाहिने न्यूनतम खर्च कमाउन नसक्ने महिला यतिबेला श्रीमानसहित परिवार समेत पाल्न सक्ने भएको उनीहरूको भनाई छ ।

सधैँ श्रीमानको भर पर्ने हुँदा समस्या हँुदै आएको थियो । अब चाँहि आफै कमाउन थालेपछि घरदेखि बालकालिकाहरूको खर्च समेत जुटाउन सहज भएको अर्की अञ्जु सुनारले बताईन् । एक महिनाको तालिमले दैनिकी जीवनमा फरकपन ल्याउन सक्ने महिला उदाहरण समेत बनेका छन् । रोजगारी खोज्नुभन्दा सीप सिकेर आत्मनिर्भर हुन आवश्यक रहेको समेत उनी बताउँछिन् । महिलाले बोक्ने हाते झोला उनीहरू एक महिनामा जनहि ५० बढी बनाउने गरेको नीताले बताईन् । उत्पादन गरेको झोलाहरू सहजैरूपमा २ सय ५० रूपैयादेखि ८ सय सम्म बिक्री हुने गरेका छन् ।

कच्चा पदार्थ स्थानीयस्तरमा खरिद गर्दा लागत केहि मँहगो पर्ने गरेको सुनारले जानकारी दिइन । अझ ग्रामिण भेगमा सञ्चालन गरेका साना उद्योगीहरूलाई स्थानिय सरकार लगायत सम्बन्धित निकायले सहयोग गरे आम्दानी मात्रै नभएर रोजगारीका अवसरहरू सिर्जना हुने सामजिक अगुवाहरूको भनाई छ । यता निगरानी समितिकी अध्यक्ष मिना परियारले थोपा थोपा पनि मिलेर समुन्द्र भने झै यो पनि उदाहरण बनेको बताइन् । सरकारले ठूला ठूला मात्र होइन स–साना लगानी गरी सञ्चालन गरेका उद्योगीलाई सहयोग गरे उनीहरूलाई प्रोत्सहन हुने उनी बताउँछिन् । अझ महिलालाई प्राथमिकतामा राखी आम्दानीसँगै सीपमूलक कार्यमा अग्रसर बनाउन आवश्यक रहेको समेत परियारले उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?