ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

शिक्षा नीतिमै अलमल, नैतिकता र संस्कारको खडेरी

२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

वास्तवमा कुनैपनि देशको सर्वाङ्गिण विकासका लागि शिक्षा अपरिहार्य, अनिवार्य र आवश्यक पर्ने कुरा हो । त्यो शिक्षाभित्र संस्कार, संस्कृति अनि नैतिकताका सन्दर्भहरू अन्तर्निहित हुनु अत्यन्तै आवश्यक पनि छ । जनचेतनाको सवालमा होस वा राष्ट्र विकासमा योगदान पु¥याउने सवालमा होस्, शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षा के हो ? हामीलाई कस्तो शिक्षा आवश्यक पर्दछ ? गुणस्तरीय शिक्षा के हो ? भन्ने सवालमा छलफल, वहस गरी गहन अध्ययनबाट शिक्षाको विकास गर्नु वर्तमान समयको माग पनि बन्दै गएको छ । शिक्षाको ऐतिहासिक विकासक्रमलाई हेर्दा प्राचीन समयमा ठूलो रुखका फेदमा वसेर, ऋषिमुनिका कुटी तथा आश्रममा बसेर प्राप्त गर्ने गुरुकुल प्रणालीको शिक्षादेखि वर्तमान समयको आफ्नै घरको सुबिधाजन्य कोठामा बसेर आधुनिक विज्ञान तथा प्रविधिको प्रयोग गरी दिइने शिक्षामा आमुल परिवर्तन भएको छ । नेपालजस्तो विकासोन्मुख देशमा लागू गरिएको हालको शिक्षा प्रणालीलाई आत्मसाथ गरी धेरै भन्दा धेरै शैक्षिक उपलब्धि तथा गुणस्तरीय शिक्षा हासिल गर्नका लागी प्राप्त स्रोतसाधन, नीतिगत प्रणालीको सहि कार्यन्वयन, दक्ष, सक्षम क्षमतावान जनशक्तिको समुचित परिचालनमा विशेष जोड दिनु पर्ने देखिन्छ ।
वास्तवमा कुनैपनि देशले निर्माण गरेको शैक्षिक नीतिलाई कार्यान्यवन गरी निर्धारित शैक्षिक उपलब्धि प्राप्त गर्नु गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षा आर्जन गर्दै लगनशील, परिश्रमी विद्यार्थीहरू, कर्तव्यनिष्ठ, इमान्दार तथा वफादार शिक्षक, आफ्नो कर्तव्यमा जिम्मेवार रहने जिम्मेवार अभिभावक, कुशल, चलाख तथा कौशल र निपुर्ण अभिभावक, कुशल व्यवस्थापक, सचेत समुदाय, निश्वार्थ भावनावाट प्रेरित नेतृत्व, हस्तक्षेपमुखी शिक्षण संस्था, निष्पक्ष निकाय एवम् स्थिर कारणमुलक वर्तमान समय एवम् सन्दर्भलाई राम्रोसंग स्थान दिएर आफ्ना कर्तव्यहरू पुरा गर्दै शैक्षिक गतिविधिलाई अगाडि बढाउदै स्वावलम्बी नागरिक बनाउन सक्षम नीति नै गुणस्तरीय शिक्षाको परिचायक हो । गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यार्थीको त्रिकोणात्मक सह– सम्वन्धको भूमिकामा विशेष जोड दिनु पर्दछ । यस्ता त्रिपक्षीय आधारबाट नै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ ।
वास्तवमा परम्परागत युगमा शिक्षा विशिष्ट जस्तो थियो । किनभने यसलाई पूर्वीय दर्शनले अगाडी परिकल्पना गरि वर्तमान समयको व्याख्या गरिसकेको इतिहास छ । शिक्षा प्राप्त गर्ने सवालमा रंगीन पानाका चित्रहरू, कितावी कोरा ज्ञानलेमात्र व्यक्तिको व्यवहारमा परिवर्तन आउँदैन वा नीतिगत कितावी ज्ञानको निर्णयले मात्रै हुदैन । वर्तमानमा व्यावहारिक, वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक, प्राविधिक, जिवनोपयोगी शिक्षा नै आजको आवश्यक्ता समेत हो । नेपालजस्तो विकासोन्मुख आर्थिक अवस्था, धर्म, भाषा, संस्कृति, रीतिरिवाज, परम्पराको विविधता रहेको सन्दर्भमा त्यसै अनुकूलको शिक्षा नीति अपरिहार्य देखिन्छ ।
जहाँ नैतिकता प्रबल देखिनुपर्ने हो त्यस ठाउँमा नैतिकताको नै अभाव खड्किएको जस्तो देखिन्छ । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिर भित्र गैर जिम्मेवार, कमिसन, भ्रष्टाचार, ढिलासुस्ती, कामचोर प्रवृत्ति, अराजकता, नातावाद कृपावाद, पार्टीबाद, परिवारवाद, व्यक्तिवाद, जातीवाद र अतिवाद समेतको अखडा बनाइएको छ । यो अत्यन्त दुखद् हो । छोराछोरीको भविष्य उज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो । यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन् । हाम्रो वर्तमान शिक्षा प्रणालीले कारिन्दाभन्दा ठालु र बाबु–साहेव उत्पादन गरिरहेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा डिग्री पास गरेको भोलिपल्टैदेखि उसले आफ्नै खुट्टामा उभिएर काम गर्नसक्ने हुनुपर्ने हो । प्राविधिक–व्यावहारिक ज्ञानवाला शिक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यस प्रकारको शिक्षामा सीप र दक्षतालाई नै बढी जोड दिइएको हुन्छ । तर हाम्रो शिक्षाले सामाजिक संस्कार, त्यसको मर्म र भावनासँग मेल खाएको देखिदैन । पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन । असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ । आजको मान्छे नैतिकताबाट टाढिंदै गएको छ । व्यभिचार, छलकपट, चोरी डकैतीमा मानिस बढी रमाउन थालेको छ । मानिसले नैतिकता भन्ने कुरा नै भुलेको छ । कुनैपनि सभ्य नागरिकको पहिचान भनेको नैतिकता भनेर स्वीकार गरिएतापनि आज त्यही नैतिकता विहीन अवस्थामा मानव समुदाय पुग्न लागेको होकी भन्ने चिन्ता व्याप्त छ । त्यसैलेपनि नैतिक शिक्षा आजको आवश्यकता जस्तै भएको छ । नैतिक शिक्षा प्राप्त गर्ने मुख्य थलो विद्यालय र घरपरिवार हो । वास्तवमा नैतिक शिक्षा लिनु जीवनको तेस्रो नेत्र खोल्नुजस्तै हो । शिक्षा कोक्रोबाट सुरु भएर चितामा अन्त्य हुन्छ । त्यसैले नैतिक ज्ञानले सुमार्गमा डो¥याउँछ । मान्छेलाई लोभ, अहङ्कार, खिचातानी जस्ता अनेकन दलदले हिलोमा पनि स्वच्छ कमलझैँ शोभायमान हुन सिकाउँछ । युग बदलिन्छ, आवश्यकता बदलिन्छ, समाजको आकांक्षा बदलिन्छ तर मानिसका लागि सुखको आवश्यकता र खुसीको चाहना कहिल्यै बदलिँदैन । यसर्थ आजका पुस्तामा नैतिकताको बिजारोपण गरिनु अति आवश्यक छ । त्यो बीजमा घामपानी, माटो, गोडमेल अनि उचित स्याहारको खाँचो छ । भोलिको भविष्यको बागडोर सुम्पने युवा पुस्तामा नैतिकताको सन्देश हस्तान्तरण गरिनु निकै चुनौतीपूर्ण देखिएपनि आवश्यक छ ।
‘नीति र इक’ मिलेर बनेको नैतिक शब्दसँग मितेरी गाँस्न पुगेको पवित्र ‘शिक्षा’ शब्दभित्र जीवनको जादु छ । आदर्श भावनाको एक अपरिमेय ज्ञानपुञ्ज पुष्पित छ । यही पुष्पगुच्छाभित्र मानिसले खोजेको सुख पनि त छ । गङ्गाझैँ पावन पवनले हृदयको कल्मष धुने खुबी राखेजस्तै पवित्र हुन्छ– नैतिक शिक्षा । मानिसलाई मानिसकै स्वरूपमा बाँच्न सिकाउने आधार । जीवन र जगतको व्यावहारिक सार्थकता पढाउने अनि समृद्धिका सोपानमा चढाउने भ¥याङ पनि हो नैतिक शिक्षा । श्रवणकुमारका कथा किन प्रिय हुन्छन्, बुद्धका सन्देश किन मननीय हुन्छन्, सीताको आदर्श र रामको कथामा किन व्यक्तिस्वार्थ तुच्छ हुन्छ किनकि त्यहाँ नैतिकता छ । ’असतोमा सत् गमय’ को भाव छ । ‘तमसोमा ज्योतिर्गमय’ को चिन्तन छ । जीवन र जगतको सान्दर्भिकताभित्र मानवताको सुन्दर उपवन त्यहाँ मग्मगाउँदो अनि हर्हराउदो हुनुपर्छ । जहाँ नैतिकता प्रबल देखिनुपर्ने हो त्यस ठाउँमा नैतिकताको नै अभाव खड्किएको जस्तो देखिन्छ । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिर भित्र गैर जिम्मेबार, कमिसन, भ्रष्टाचार, ढिलासुस्ति, कामचोर प्रवृत्ति, अराजकता, नातावादकृपावाद, पार्टीबाद, परिवारवाद, व्यक्तिवाद, जातीवाद र अतिवाद समेतको अखडा बनाइएको छ । यो अत्यन्त दुखद् हो । छोराछोरीको भविष्य उज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो । यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन् । हाम्रो वर्तमान शिक्षा प्रणालीले कारिन्दाभन्दा ठालु र बाबु–साहेव उत्पादन गरिरहेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा डिग्री पास गरेको भोलि पल्टैदेखि उसले आफ्नै खुट्टामा उभिएर काम गर्नसक्ने हुनुपर्ने हो । प्राविधिक–व्यावहारिक ज्ञानवाला शिक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यस प्रकारको शिक्षामा सीप र दक्षतालाई नै बढी जोड दिइएको हुन्छ । तर, हाम्रो शिक्षाले सामाजिक संस्कार, त्यसको मर्म र भावनासँग मेल खाएको देखिदैन । पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन । असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ । तर आजको हाम्रो शिक्षाले त्यो गरेको देखिदैन । पहिले पहिले शिक्षामा व्यक्तिको नैतिक मूल्य–मान्यता, इमान्दारिता, सहिष्णुता र कर्तव्यजस्ता विषयलाई प्राथमिकतामा राखिन्थ्यो । यसर्थ पहिलेका बहुसंख्यक मानिस तेजिला, कर्तव्यपरायण, नैतिकवान र इमान्दार हुने गर्दथे । तर आजको शिक्षा प्रणालीको परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यमा जोड्नेतर्फ ध्यान गएको देखिँदैन । नैतिक शिक्षाको अभावकै कारण देशमा अहिले गुण्डागर्दी, तोडफोड, प्राकृतिक सम्पदाहरूको अवैज्ञानिक दोहन र संस्थागत भ्रष्टाचार फस्टाउँदै आएको छ । नैतिक शिक्षा कमजोर भएको अवस्थामा स्वच्छ परिवार, स्वच्छ समाज र स्वच्छ देशको परिकल्पना नै गर्न सकिँदैन । तसर्थ सभ्य, सु–संस्कृत र समृद्ध समाज र देश निर्माणका लागि नैतिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो । आधुनिकताका नाममा प्राचीन तथा पुराना शिक्षा पद्धतिलाई बिर्सिंदा शैक्षिक उपलब्धि धेरैजस्तो देखिए तापनि गुणात्मक रूपमा त्यो उपलब्धिले खासै महत्त्व नराख्ने निश्चित छ ।
वर्तमान शिक्षाले विद्यार्थीहरूमा आध्यात्मिक चेतना प्रवाह गर्न सकेको देखिदैन । आध्यात्मिक चेतना प्रवाह गर्न नसकेकै कारण तथा भौतिक सुखसुबिधालाइ सर्वस्व मान्न लगाइका कारण पछिल्लो पुस्ताका युवाहरूमा विदेशमोह बढ्दै गएको देखिन्छ । कोहिपनि युवा स्वदेशमा बसेर यहीँको माटोलाई सिंगार्ने सोच नराख्नु, आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिको माया गर्नुको साटो अपब्याख्या गर्ने प्रवृतिले देशको राष्ट्रियता, स्वाधीनता नै खतरापूर्ण अवस्थामा पुगेको छ । अतः शिक्षालाई नैतिक, संस्कारयुक्त र मानव मूल्य, मान्यतालाई प्रवद्र्धन गर्न सकिने गरि विकास गरिनु आवश्यक छ । यसको लागि संघ, प्रदेश तथा स्थानीय तह सवैको ध्यान जान आवश्यक छ जसले यान्त्रिकीकरण हुदै गरेको नेपाली समाजलाई थोरै भएपनि मानवमूल्ययुक्त, नैतिक र संस्कारयुक्त बनाई राख्न सहयोग पुग्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?