ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

नक्कली भुटानी शरणार्थी प्रकरणकै कारण कांग्रेस–एमाले मिले : प्रचण्ड

२७ असार २०८१, बिहीबार
२७ असार २०८१, बिहीबार

काठमाडौं,२७ असार ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको विषय अदालतसम्म पुग्नसक्ने संकेत गरेका छन्।
पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसमा राष्ट्रपतिको निर्णयले परिस्थिति कता जाने भन्ने टुंगो लाग्ने बताए।
कांग्रेस–एमालेले धारा ७६ (२) अनुसारकै सरकार बन्ने दाबी गरिरहेका छन्। तर, प्रधानमन्त्रीले विश्वासको मत नपाए सरकार गठनको प्रक्रिया धारा ७६ (३) मा जाने माओवादीको भनाइ छ।
यसमा कानुनविदको राय पनि विभाजित छ।
‘एमाले अध्यक्ष केपी ओलीले दिएको धोकाको संवैधानिक रूपमा प्रतिवाद गर्न भोटिङ नै गराएर विश्वासको मत लिइन्छ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक माओवादी सांसदले भने, ‘भोटिङमा लग्दा हामीलाई राजनीतिक रूपमा फाइदै गर्छ। एउटा भोलिका लागि संघर्षको आधार बन्छ। चुनाव गरेर परीक्षण गराएपछि ७६ (३) मा जानको लागि राष्ट्रपतिलाई पनि बल पुग्छ।’
एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। उनले यही २८ गते संसदमा विश्वासको मत लिँदैछन्। गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल एमाले नहुँदा अब उनलाई कति मत पर्छ यकिन छैन।
यद्यपि, बुधबार बसेको दलको बैठकले संसदमा रहेका सबै राजनीतिक दलसँग मत माग्ने निर्णय गरिसकेको छ।
सांसद माधव सापकोटाले भने, ‘संविधान र परिवर्तनका पक्षमा रहेका दलसँग विश्वासको मत पनि माग्छौँ।’
पछिल्ला राजनीतिक घटनाक्रमबारे चर्चा गरेका प्रचण्डले कांग्रेस–एमाले सम्झौता भएपछि देउवा र ओलीसँग संवाद नभएको बताए। उनले ओलीले भ्रमपूर्ण षडयन्त्र गरेको सविस्तार सुनाए। असार १७ गतेको सो सम्झौता भएको खबर पनि ओली होइन, देउवाबाट पुष्टि गर्नुपरेको उनले सुनाए।
१७ गते मध्यराति सम्झौतामा हस्ताक्षर गरेका ओली १८ गते बिहान प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।
१८ गते बिहान भेट हुँदा पनि केही भएको छैन भन्नुभयो, मैले फोटो पनि देखाएँ। ओलीजीले त यस्तो भएको आइसक्यो र ? पुरानो फोटो होला भन्नुभयो,’ उनले बैठकमा भने, ‘सोधखोज गर्दा पनि हैन कि हैन भनेर टार्नुभयो। ओलीजीले मसँगको भेटमा कुनै कुरा नभनेपछि मैले आफैँ शेरबहादुरजीलाई फोन गरेर बालुवाटार बोलाएँ तर, उहाँ त सबै सहमति भइसक्यो ‘सरी’ भन्नुहुन्छ।’
अन्तिमसम्म वाम गठबन्धन जोगाउने कोसिसमा आफू लागेको उनको भनाइ छ।
प्रचण्डले आफुले वाम गठबन्धन हुँदै पार्टी एकतासम्मको तयारी गरेर अगाडि बढेको तर ओली बीचमै कांग्रेससँग मिल्न गएको बताए।
‘ओलीजी आफै माधव नेपालजीको निवासमा पुगेर कुरा गरेर, कन्भिन्स गरेर गठबन्धन बनाएकोले विगतका कमजोरी रियलाइजेसन गर्नुभयो होला भनेर म पनि विश्वासमा परेकै हो तर, धोका दिनुभयो,’ प्रचण्डको भनाइ थियो।
माओवादी केन्द्रका सांसदहरूलाई ओलीले धोका दिएको बताएका प्रचण्डले त्यसपछि प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि देउवा पछि हटेको सुनाए।
यसअघि ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि सर्वोच्च अदालतले २०७८ असार २८ मा त्यसलाई असंवैधानिक भन्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो।
प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणकै कारण कांग्रेस–एमाले मिलेको बताए। बेचन झा पक्राउ परेपछि परिस्थिति एकैपटक उल्टिएको उनको भनाइ छ।
‘बेचन झा प्रकाउ परेपछि यो परिस्थिति बनाउन केही व्यक्तिहरू ज्यान फालेर लागे,’ प्रधानमन्त्रीले भने।
यसबारे केही दिनअघि सूचना पाएर पनि ओलीकै विश्वासमा परेर दायाँबायाँ नसोचेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?