ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

यस्तो छ कर्णालीमा ल्याउन लागिएको दलित सशक्तिकरण विधेयक

२६ असार २०८१, बुधबार
२६ असार २०८१, बुधबार

सुर्खेत, २६ असार ।

कर्णाली प्रदेश सरकारले दलित समूदायको सशक्तिकरणको लागि विधेयक ल्याउन लागेको छ । दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ ल्याउन लागेको हो । सरकारले असार ५ गते दलित अधिकार प्रवद्र्धन सशक्तिकरण विकास विधेयक प्रदेशसभामा टेबुल गरेको थियो ।

गएको असार २४ गते (सोमवार) बसेको प्रदेशसभा बैठकमा उक्त विधेयकमाथि छलफल समेत गरिएको थियो । प्रदेशसभामा छलफलपछि उक्त विधेक संशोधनको लागि सूचना प्रकाशन गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको हो । विधेयक पारित भएपछि ऐनको रूपमा लागू हुनेछ । यसअघि कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको अन्त्यतिर प्रदेशसभा सचिवालयमा उक्त विधेयक दर्ता भएको थियो । त्यतिबेला थप प्रक्रिया अघि नबढेपछि उक्त विधेयक निस्क्रिय भयो । सरकारले उक्त विधेयकलाई पुनः अघि बढाएको छ ।

दलित अधिकार प्रवद्र्धन, सशक्तिकरण र विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामा दलितको सशक्तिकरणको साथै दलितमाथि हुने हिंसा तथा छुवाछुत जस्ता घटनाहरुमाथि अनुगमन गरी कारवाहीका लागि अघि बढ्ने विषयमा जोड दिइएको छ । दलितमाथि हुने छुवाछुत तथा जातीय भेदभावले सिर्जना गरेका जातीय हिंसा र असमानताको अन्त्य गर्ने उद्देश्य उल्लेख गरिएको छ । कर्णाली प्रदेशमा बसोबास गर्ने दलितको मौलिक हक, प्रचलित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, मानवअधिकार तथा सामाजिक न्यायको सुनिश्चिताका लागि ऐन आवश्यक रहेको विधेयकको मस्यौदामा उल्लेख गरिएको छ ।

मस्यौदामा जातीय भेदभाव तथा छुवाछुत अनुगमन समितिको परिकल्पना गरिएको छ । जसमा प्रदेश तथा स्थानीय स्तरका दुई वटा समितिको व्यवस्था गरिएको छ । जातीय भेदभाव तथा छुवाछुतविरुद्ध प्रचलित नीति तथा कानुन प्रभावकारी कार्यान्वयनका लागि पनि अनुगमन समितिले काम गर्नेछ । समितिमा विभागीय मन्त्रालयका मन्त्री अध्यक्ष तथा प्रदेशसभाका दलित सदस्यहरू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता, प्रदेश प्रहरी प्रमुख र दलित अधिकार तथा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका चार व्यक्ति सदस्य रहने प्रस्ताव गरिएको छ ।

उक्त समितिले जातिय भेदभाव तथा छुवाछुतका घटनामा अनुगमन गरी कारवाहीका लागि अदालतसम्म पठाउनुको साथै यस्ता घटनाहरु अदालतबाट भएका फैसला कार्यान्वयनको लागि सहजीकरण गर्ने व्यवस्था उल्लेख छ । त्यसैगरी जातीय भेदभाव र छुवाछुतका घटना रोक्नका लागि नीति योजना तर्जुमा गर्न प्रदेश सरकारलाई सल्लाह दिने उल्लेख छ ।

यता स्थानीय तहमा गठन गरिने समितिमा पालिकाका प्रमुख वा अध्यक्षको नेतृत्वमा ‘स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति’ पनि प्रस्ताव गरिएको छ । समितिले स्थानीय स्तरमा जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित समुदायको हकहित प्रवद्र्धनका लागि काम गर्ने उल्लेख गरिएको छ । त्यसैगरी जातीय भेदभाव तथा छुवाछुतका घटनाबाट पीडित व्यक्ति तथा परिवारलाई कानुनी उपचारको लागि सहजीकरण गर्नुको साथै जातीय भेदभाव तथा छुवाछुतमुक्त वडा घोषणा गरी कार्यान्वयन गरिने उल्लेख छ ।

विशेषगरी मस्यौदामा प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा अति सीमान्तकृत दलित परिवारका विद्यार्थीका लागि विशेष व्यवस्था गर्न प्रस्ताव छ । दलितको सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पनि व्यवस्था गरिएको छ । जातीय भेदभाव तथा छुवाछुत पीडितलाई प्रदेश सरकारबाट राहत उपलब्ध गराउने र अन्तरजातीय विवाह गरेका दम्पत्तीलाई प्रोत्साहन गर्न विशेष व्यवस्था गर्ने प्रस्ताव छ । अन्तरजातीय विवाहका कारण विस्थापित जोडीको सुरक्षा, जातीय विभेदका घटनापीडितको उद्दार र पुनस्र्थापनाको प्याकेजसहित रोजगारीको व्यवस्था गर्ने प्रस्ताव पनि छ ।

दलित समुदायको सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभामा सामान्य छलफलमा भागलिँदै प्रदेशसभा सदस्य कल्याणी खड्काले यस विधेकको नाम नै परिवर्तन गरी ‘दलित सशक्तिकरण तथा समावेशीकरण विधेयक’ हुनुपर्ने सुझाव दिएकी छन् ।

मौलिक हक कार्यान्वयन गरी हरेक ठाउँको नेतृत्वमा दलित सहभागिता, आर्थिक सशक्तिकरण र राज्य स्रोतमा उनीहरूको समान पहुँच तथा सुविधाको उपयोग गर्ने गरी यस विधेयकको नाम नै परिवर्तन हुनुपर्ने उनको भनाई थियो ।

सांसद विन्दमान विष्टले केही प्रावधान राम्रो भएपनि सशक्तिकरण विधेयक छुवाछुत तथा कसुर सजाय ऐन जस्तै भएको बताए । संविधानको धारा ४० मा रहेको दलितको हक तथा अन्य मौलिक हकमा आधारित प्रावधान कार्यान्वयन गर्नुपर्नेमा छुवाछुतविरुद्ध जस्तो कानुन बनाउन खोजेर मस्यौदा ल्याइएको टिप्पणी गरेका छन् ।

सांसद कलबहादुर हमालले कानुन कार्यान्वयन हुने गरी विधेयक आएकाले त्यसको कार्यान्वयनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने जनाए । दलितका आयआर्जनका कार्यक्रम समेटिने गरी ऐन निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

सांसद उर्मिला विश्वकर्माले दलितभित्रका पनि दलितहरूको समस्या समाधान हुने गरी ऐन बन्नुपर्ने भएपनि विधेयक हेर्दा त्यस्तो नदेखिएको बताइन् । सबै हिसाबले पछाडि परेको वादी समुदाय वा त्यस्तै पछाडि पारिएका जाति र दुई छाक खान नपाउनेहरूको कुरा विधेयकमा लेखिएको नदेखिएकाले यसबारे सुझाव दिएको छु ।’ उनले दलित महिलाभित्र पनि विपन्न महिलालाई अवसर र पहुँच समान रूपमा दिनुपर्ने बताइन् ।

यता सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले विधेयको विषयमा थुप्रै सुझाव आइरहेको र तिनलाई समेटेर विधेयकलाई पूर्णता दिइने बताए । ‘मस्यौदामा राय सुझाव मागेका छौँ’ उनले भने, ‘पछाडि पारिएका समुदायको सशक्तिकरण र सहभागितालाई प्राथमिकता दिने गरी ऐन ल्याउन खोजिएकाले सरोकारवालाहरूसँग त्यही कोणमा छलफल भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?