© २०२३
आज मिति २०८१ साल आषाढ २८ गते शुक्रवार । तदनुसार सन् २०२४ जूलाई १२ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनामकः संवत्सर । सुर्य उत्तरायण। ग्रीष्म ऋतु । श्रीशाके १९४६ । आषाढ शुक्लपक्ष , षष्ठी तिथि बिहान १०.३३ बजेसम्म तत्पश्चात सप्तमी । उत्तरफाल्गुनी नक्षत्र । शुभ योग । गर करण। कन्या राशीमा चन्द्रमा ।
काठमाडौंमा सूर्योदयः प्रातः ५.१८ / सूर्यास्तः १९.०० बजे ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु पर्नेछ । जिवन साथीको सहयोगमा जटिल कार्य सम्पादन गर्न सकिनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सभासम्मेलनजन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिष्पर्धीहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक आलस्यताका कारण कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित व्यक्तित्वहरुको साथ सहयोगमा दीर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।