© २०२३
आज मिति २०८१ साल आषाढ २७ गते बिहिवार । तदनुसार सन् २०२४ जूलाई ११ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनामकः संवत्सर । सुर्य उत्तरायण। ग्रीष्म ऋतु । श्रीशाके १९४६ । आषाढ शुक्लपक्ष , पन्चमी तिथि बिहान ८.३६ बजेसम्म तत्पश्चात षष्ठी तिथि । पूर्वफाल्गुनी नक्षत्र । गद योग । कौलब करण। सिंह राशीमा चन्द्रमा ।
काठमाडौंमा सूर्योदयः प्रातः ५.१७ / सूर्यास्तः १९.०१ बजे ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सृजनशिलता र क्रियाशिलताको बृद्धि विकास हुनेछ । नयाँ मित्र बनाउने अवसर मिल्नेछ । महत्वपूर्ण कार्यको थालनिले उत्साह उमंग छाउनेछ । व्यवसायबाट राम्रै आम्दानी हुनेछ । कर्म भाव खुलेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । समय सुधारोन्मुख रहनेछ । धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ । वैदेशिक क्षेत्रका अपूरा कार्यले स्थान पाउनेछन् । स्वास्थ्यको भने ख्याल राख्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिनमा गरेका निर्णय त्यत्ति प्रभावशाली रहने देखिन्न । आर्थिक लेनदेनमा विवाद बढ्नेछ । शारीरिक कमजोरीको महशुस हुनेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम गरेर अरुव्यक्तिलाई मोहित पार्न सकिनेछ । मनमिल्ने व्यक्तिसँगको जम्काभेटले खुसी भइनेछ । हर्ष बढ्नेछ । व्यक्तित्व विकासको समय रहेको छ । आर्थिक लगानिले पछिसम्म लाभ लिन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायबाट राम्रो आम्दानी हुनेछ । विपक्षीसँगको मेलमिलपले गर्दा काम कार्य गर्न सहज हुनेछ । नयाँ सम्झौताको अवसर मिल्नेछ । सामान्य समस्या आइपरेता पनि दृढ भएर लाग्दा जीत हाँसिल गरिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । प्रतिष्पर्धात्मक क्रियाकलापमा विजयी भइनेछ । बन्धुवान्धवसँगको भेटले मन प्रफुल्लित रहनेछ । अध्ययनमा चासो रहनेछ । स्वास्थ्यमा सुधारको संकेत देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाको यात्रा त्यत्ति शुभ देखिन्न । व्यवस्थापन पक्ष फितलो बन्नेछ । पारिवारिक समस्याले सताउनेछ । एक्कासी बाधा व्यवधान आउन सक्छ, संयम रहेर कार्य गर्नु होला । मान्यजनको साथ लिएर कार्य गर्नुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारी कार्यको सुरुवाति हुनेछ । लक्ष्यमा पुग्न सामान्य मिहिनेत नै पर्याप्त हुनेछ । धन लाभ हुनेछ । समझदारीताले गर्दा अप्ठ्यारा परिस्थितिको अन्त्य हुनेछ । साथीभाईसँगको रमाइलो जमघट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन सकिनेछ । बोलिकै भरमा ठूला–ठूला कार्य बन्नेछन् । दोधारे मनले कार्य गर्न असहज हुन सक्छ, कुटुम्बको साथ सहयोगले अघि बढ्दा सफल भइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा शन्तिको अनुभूति हुनेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । अधुरा कार्यलाई पूर्ण गर्दै नयाँ कार्यको थालनि गर्ने समय रहेको छ । ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ । व्यवसाय फस्टाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनावश्यक स्थानमा समय र धन खर्चनु पर्दा दिक्क लाग्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । दैनिक गर्दै आएका कार्यमा समेत अबरोध सृजना हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लाभ स्थानमा चन्द्रमा ग्रहले भ्रमण गर्दैछ जस्का प्रभावले विविध लाभको योग बनेको छ । मन प्रफुल्लित बन्नेछ । अरु दिनको तुलनामा पढाइमा मन रहनेछ । सानो लगानिले नै धेरै लाभ लिन सकिनेछ ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।