ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
मुख्य समाचार

रुपन्देहीका राजनीतिक दलहरुले भने–‘निर्वाचन आचारसंहिता पूर्ण पालना गर्छौ’

१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

बुटवल, १ कात्तिक । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि निर्वाचन आयोृगले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता रुपन्देहीमा क्रियाशिल राजनीतिक दलहरुले जनाएका छन् ।

चाँदनी नेपालले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा रुपन्देहीमा क्रियाशिल सात राजनीतिक दलले ७ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै आचारसंहिता पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसी, लोसपाका लुम्बिनी प्रदेश प्रवक्ता मोहम्मद इश्लाम, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नविन सुनार, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम बिक र राप्रपाका केन्द्रीय सदस्य तायनाथ लम्सालले ७ बुँदे साझा प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् ।

दलहरुले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन आफूहरु प्रतिवद्ध रहेको बताएका हन् । त्यस्तै मतदाताले आफूले रोजेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्ने हकको संरक्षण र सुनिपिश्चतताप्रति संवेदनशील रहेको भन्दै दलहरुले भनेका छन्–“दल र उम्मेदवारको घोषणापत्र र एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने सहज वातावरण तयार गरिने छ ।”

दलहरुले आफ्ना विचार मतदातासमक्ष खुल्लारुपमा राख्ने र एक अर्काप्रति सम्मानजनक व्यवहार गरिने भन्दै आपसमा आरोप प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन प्रचारप्रसार, आनमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाहरुलाई सहभागी नगराउने पनि उनीहरुको प्रतिवद्धता छ । भ्रमपूर्ण सूचना प्रवाहलाई निरुत्साहित गरिने पनि दलहरुले बताएका छन् ।

एक दलले अर्को दलको कार्यक्रम नबिथोल्ने वा अवरोध नपु¥याउने प्रतिवद्धता जनाउँदै दलहरुले निर्वाचन आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृतहरु, मतदान अधिकृतहरु र पर्यवेक्षण गर्ने निकायसँग समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने जनाएका छन् ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीले सबै क्षेत्रबाट आचारसंहिता पालना भए मात्रै निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सकिने भन्दै यसका लागि राजनीतिक दलहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, गैरसरकारी संस्था महासंघका धर्मराज घिमिरेदगायतले मिथ्या र भ्रमपूर्ण सूचना प्रवाहलाई रोक्नुपर्ने र आचारसंहिता कडाइपुर्वक पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेले आचारसंहिता पालनामा प्रतिवद्ध गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?