© २०२३
काठमाडौँ । फ्रान्समा आज आम निर्वाचनको दोस्रो र अन्तिम चरणको मतदान हुँदैछ । यस चुनावमा अति दक्षिणपन्थी पार्टीले जितको अपेक्षा गरिएको छ ।
पहिलो चरणमा अग्रता हासिल अग्रेको आधारमा मरिन ले पेन र जोर्डन बर्डेलाको चरम दक्षिणपन्थी पार्टी नेसनल र्याली ९आरएन० ले सरकार बनाउने र नेशनल एसेम्बलीमा बहुमत ल्याउने अवसर पाएको छ ।
गत आइतबार भएको पहिलो चरणको संसदीय निर्वाचनमा नेशनल एसेम्बलीमा विजयी भएपछि सयौं प्रतिद्वन्द्वी उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका थिए । यसको उद्देश्य अन्य उम्मेदवारहरूलाई अति दक्षिणपन्थी पार्टीका उम्मेदवारहरूलाई पराजित गर्ने राम्रो मौका दिनु थियो ।
पहिलो चरणको अग्रता पछि, अध्यागमन विरोधी पार्टी नेशनल र्यालीका नेता मारिन ले पेनले भनिन्,म्याक्रोन समूह लगभग समाप्त भइसकेको छ ।
नेशनल र्यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले फ्रान्सेली जनताले मलाई भोट दिए भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु भनेका थिए ।
फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा पूर्ण बहुमतका लागि मारिन ले पेन र जोर्डन बर्डेलालाई २८९ सिट चाहिन्छ ।
युरोपेली संसदको चुनावमा राष्ट्रिय र्यालीको जितपछि राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक चुनावको घोषणा गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी