© २०२३
भैरहवा, १९ असार ।
लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया र हेमा बेल्बासे के.सी. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सांसद्द्वय बनिया र के.सी.लाई मंगलबार केन्द्रीय सदस्यमा मनोनयन गरेको लोसपा केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानले बताए ।
बानिया रुपन्देही क्षेत्र नम्बर ४ ‘१’ (मर्चवार क्षेत्र) बाट निर्वाचित सांसद् हुन् । उनी लोसपा लुम्बिनी प्रदेश संसदीय दलको उपनेता हुन् । के.सी. समानुपातिक सांसद् हुन् । उनी संसदीय दलको प्रमुख सचेतक हुन् ।