© २०२३
बुटवल (बुटवल टुडे), १६ असार– नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा सिद्धार्थनगरका नगर प्रमुख इस्तियाक अहमद खानसँग सिद्धार्थनगरका समग्र विषयहरूमा ‘भेटघाट तथा छलफल कार्यक्रम’ सम्पन्न भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्ग का अनुसार तथा नेपाली कांग्रेसका महासमिति सदस्य तथा सिद्धार्थनगरका नगर प्रमुख इस्तियाक अहमद खान संग भेटघाट गरेको हो ।
कार्यक्रममा सिद्धार्थनगर पालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेका नीति तथा कार्यक्रम, बजेट लगायत शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, सरसफाई तथा लक्षित वर्गको उत्थानमा गर्नुपर्ने भुमिकाको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नगर प्रमुख खानले नगरपालिका सानो क्षेत्रफल, सीमित स्रोत र साधानका बावजुद पनि नगरका आम जनताको पक्षमा कार्य गरिरहेको र भोलिका दिनमा पार्टीसँग घनिभुत छलफल तथा समन्वय गरि अघि बढ्ने बताए । नेपाली कांग्रेस प्रदेश ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का, तानसेन नगरपालिकाका सभापति सुवर्णमणि शाक्य लगायतले सिद्धार्थनगरले गरेका सकारात्मक तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरूका बारेमा आफ्ना भनाइ राखेका थिए ।