ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

विप्लवको अगुवाईमा छाडा चौपाया व्यवस्थापन

१४ असार २०८१, शुक्रबार
१४ असार २०८१, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), १४ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले छाडा चौपाया व्यवस्थापनमा सबै लाग्नुपर्ने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित शिवगढीमा बुधबार आयोजित चौपाया नियन्त्रण तथा व्यवस्थापन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा किसान मर्कामा पर्ने गरेको विप्लवले बताए । युवा पुस्ता वैदेशिक रोजगारीमा प्लायन भइरहको बखत स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्ने हेतुले चौपाया व्यवस्थापनमा लागेको उनले बताए । ठूलाठूला सपना बाँड्नुभन्दा ग्रासरूटका नागरिकलाई सेवा गरि सभ्य समाज निर्माणमा योगदान पुग्ने विप्लवले जोड दिए ।

महासचिव विप्लवले समाज परिवर्तनको लागि हिँडेका युवाहरूको समूहले छाडा चौपाया व्यवस्थापन गरेर नौलो काम गरेको बताए । छाडा चौपायाका कारणले सडक दुर्घटना बढ्ने मात्र नभई किसानका बालीनाली नोक्सान गरेको बताए । छाडा चौपायाको व्यवस्थापनलाई उत्पादन सँग जोडेर बायो ग्यास, दूध, घिउ, मल लगायत उत्पादन गरि रोजगारी मूलक सामाजिक सेवा हुने बताए ।

यसैबीच शिवराज नगरपालिकाका मेयर अजय थापाले कृषकको समस्यालाई मध्यनजर गर्दै छाडा चौपायाको व्यवस्थापन गरेको बताए । कृषि क्षेत्रलाई प्रबद्र्धन गर्दै उत्पादनमूखी क्षेत्रमा नगरले लगानी गर्ने उनले उल्लेख गरे । मेयर थापाले अब किसानहरू रातभर जाग्राम बस्न नपर्ने बताए । “छाडा छाडिएको गाई गोरुको व्यवस्थापन गर्न सुरु गरेका छौँ”, उनले भने, “सुन्दर नगर बनाउन नगरवासीले पालेका गाई गोरु पनि अबदेखि छाडा नछाड्नेमा हामी विश्वस्त छौँ ।”

नगर प्रशासकीय अधिकृत बाबुराम पौडेलले चौपाया संरक्षण गर्नुका साथै बालीनालीको समेत संरक्षण हुने बताए । छाडा चौपायाले गर्दा सडक दुर्घटना बढेको उनले जनाए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले छाडा चौपायालाई निःशुल्क उपचार गर्ने बताए । जनश्रम कृषि सहकारीले छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मा पाएको छ । व्यवस्थापनपछि दुर्घटना न्यूनीकरण कम हुने पौडेलको भनाइ छ । छाडा चौपाया बस्नको लागि ट्रस, तारजाली, पानी, पराल लगायतको व्यवस्था गरिएको छ । शिवराज नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, ९ नम्बरका वडा अध्यक्ष राम गोपाल थारु, नेकपाका केन्द्रीय सदस्य सफल सी लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?