© २०२३
आज मिति २०८१ साल आषाढ ११ गते मङ्गलवार । तदनुसार सन् २०२४ जून २५ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनामकः संवत्सर । सुर्य उत्तरायण। ग्रीष्म ऋतु । श्रीशाके १९४६ । आषाढ कृष्णपक्ष , चतुर्थी तिथि । श्रवण नक्षत्र । लुम्ब योग। बब करण। मकर राशीमा चन्द्रमा ।
काठमाडौंमा सूर्योदयः प्रातः ५.११ / सूर्यास्तः १९.०१ बजे ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यवसायिक क्षेत्रमा लाभ होला। पेसा वा व्यवसायमा सहकर्मीको पूर्ण सहयोग मिल्नेछैन। लामो यात्रा वा कुनै धार्मिक स्थलमा जाने अवसर प्राप्त होला लेखनकार्य एवम् बौद्धिक क्षेत्रमा सक्रिय रहनुहुनेछ।
वृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)
कुनै कारणले मन चन्चल रहला। कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्नुहुनेछ। सम्झौता गर्ने वृत्ति राख्नुहुनेछ। छोटो यात्रा हुने सम्भावना देखिन्छ। लेखक, कलाकार एवम् सल्लाहकारको लागि अनुकुल दिन छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
दिन आर्थिक दृष्टिकोणले लाभदायी छ। दिन स्वादिष्ट वा उत्तम भोजन, सुन्दर कपडा एवम् परिवारसँग मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य राम्रो रहला। उपहार मिल्नाले मन आन्दित रहला।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
हतारमा कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला। आफन्तसँग मनमुटावको प्रसंग हुन सक्छ। पारिवारिक कार्यमा खर्च होला। बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मित्र एवम् स्त्री मित्रबाट लाभ होला। कुनै सुन्दर स्थलमा घुम्न जानुहुनेछ। अनिर्णयको कारण हातमा आएको अवसर गुम्न सक्छ। आज कुनै महत्त्वपूर्ण निर्णय नलिनुहोला। अधिकतर समय विचारमा व्यस्त रहनुहुनेछ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
दिन शुभ फलदायी छ। नयाँ कामको आयोजन सम्पन्न हुनेछ। व्यापारीवर्ग एवम् आफन्तसँग शुभ समय बिताउनु हुनेछ। व्यापारमा लाभ एवम् पेसामा पदोन्नतिको योग छ। परिवारमा आनन्दको वातावरण बनिरहनेछ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)
विचारमा परिवर्तन आउने छ जसका कारण महत्त्वपूर्ण कार्यको अन्तिम निर्णय लिन सरल रहनेछैन। कामको सन्दर्भमा वा कुनै विशिष्ट स्थानमा यात्राको योग छ। लेखन तथा अध्ययन कार्यको लागि आजको दिन शुभ रहेकोे छ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
दिन शान्तिपूर्वक वा सावधानीपूर्वक बिताउनुहोला। नयाँ काममा असफलता प्राप्त हुने योग छ। त्यसैले कुनै नयाँ काम प्रारम्भ नगर्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। खर्च पनि बढ्न सक्छ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
दिन आनन्दपुर्वक बिताउनु हुनेछ। मनोरंजनको प्रसंगले मन प्रफुल्लित रहनेछ। विपरीत लिंगीय व्यक्तिसगको रमाइलो कुराकानीले मन आनन्दित हुनेछ। लेखनकार्यको लागि दिन निकै अनुकुल छ।
मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)
उत्साह तथा स्फूर्तिमा कमी होला। परिवारसँग मतभेद तथा विवादमा नउत्रिनुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव होला। कुनै अप्रिय घटनाले मन खिन्न रहन सक्छ। पेसाको बारेमा चिन्ता रहनेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
बोलि तथा विचारमा शीध्र परिवर्तन होला। बौद्दिक चर्चामा जोडिनुहुनेछ। लेखनकार्य तथा सिर्जनात्मक प्रवृत्तिको आनन्द लिनुहुनेछ। आकस्मिक खर्च होला। स्वास्थ्य समस्या होला।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
व्यावसायमा अपेक्षा गरे अनुसार फाइदा नहोला। पैसाको लेनदेनमा भने सफलता मिल्नेछ। व्यापार सम्बन्धित कार्यमा बाधा उत्पन्न हुनेछ। स्वास्थ्य राम्रो रहला। घरमा सुख–शान्तिको वातावरण बन्नेछ ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।