ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

प्रतिपक्षको भूमिका सशक्त बनाउँछौंः देउवा

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

सुनवल, ८ असार ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप मजबुत बनाउने बताएका छन् ।

काँग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेको भन्दै देउवाले अब प्रभावकारी ढंगले प्रस्तुत हुने बताए । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउंपालिकाको महेशपुरमा स्वर्गीय सांसद पृथ्वीराज कंडेलको अर्धकदको शालिक अनावरण र बसपार्कको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । जनजिविकाका सवालमा प्रतिपक्षले प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने देउवाको भनाई थियो ।

देउवाले नवलपरासीको एक मात्र मूल भन्सार भएर पनि महेशपुर भन्सार पुर्णरुपमा संचालनमा आउन नसकेको र यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिए । पुर्व गृहराज्य मन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कण्डेलका पिता पृथ्वीराज कण्डेलको स्मृतिमा बसपार्कको नामाकरण गरिएको र अर्धकदको शालिक निर्माण गरिएको हो ।

स्वर्गीय कण्डेल २०१५ सालमा पाल्हिमाझ खण्ड पुर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद थिए । स्वर्गीय कंडेल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलका पिता हुन् । सोही कार्यक्रममा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले निजामती ऐन तत्काल पास गर्नुपर्ने बताए । त्रिपाठीले नेपाल भारत सिमा क्षेत्रमा हुने कुनै पनि क्रियाकलाप मधेसको सहमति बिना हुन नसक्ने पनि स्पष्ट पारे ।

त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग राखेको भन्दै मधेशी जनभावना र सुविधामा आँच आउने कुनै पनि कुरा नगर्न चेतावनी दिए । नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकै स्थानमा उभिनुपर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य देवकरण कलवार सन्तुले उखु र केरा खेतीको पकेट क्षेत्र भएपनि यस क्षेत्रका किसानको उत्पादनले अझै पनि बजार पाउन नसकेको उल्लेख गरे । अर्का प्रदेश सभा सदस्य वैजनाथ कलवारले यस क्षेत्रको विकासका लागि महेशपुर नाकाबाट सुनवल हुँदै महलपोखरीबाट पाल्पा सम्म जोड्ने फराकिलो सडकको पहुँचका लागि पुर्वप्रधानमन्त्री समेत रहेका देउवाको ध्यानाकर्षण गराए ।

सो क्रममा पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद यादव, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदल, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता दिपक, नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज भविश्वर तिवारी, बसपार्क संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद कलवार, अनिल उपाध्याय लगायतले बोलेका थिए । संघीय सरकारको एक करोड, पाल्हीनन्दन गाउँपालिकाको १३ लाख गरी कुल १ करोड १३ लाखको लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कंण्डेलले जानकारी दिए । सो क्रममा उनले कंण्डेल परिवारले विगतदेखि यस क्षेत्रको विकासमा ठुलो योगदान पुर्याएको बताए । साथै उनले सुस्तालाई गण्डकी प्रदेशमा गाभ्ने कुरा कुनै हालतमा मान्य नहुने पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?