ट्रेंडिंग:

>> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप >> अख्तियारको ३४ औं स्थापना दिवसमा मुख्यमन्त्री आचार्य : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति >> भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड >> मकवानपुरमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालन >> सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँ बढ्यो >> भ्रष्टाचारको चक्रब्यूह! >> कपिलवस्तुमा नक्कली सीआईडी बनेर ठगी गर्ने दुईजना पक्राउ >> स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दूरी

सरकारको आयू लम्बाउन ओलीको जुक्ति : सीके राउतलाई परराष्ट्रमन्त्री अफर

३ असार २०८१, सोमबार
३ असार २०८१, सोमबार

काठमाडौं,३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयू लम्ब्याउन अनेक जुक्ति निकालिरहन्छन् । यसअघि जसपा नेपाल फुटाउन भूमिका खेलेका ओलीले अहिले जनमत पार्टीका अध्यक्ष डा सीके राउतलाई सरकारमा आउन प्रस्ताव पठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा ओलीले जनमत अध्यक्ष राउतलाई उक्त प्रस्ताव पठाएका हुन् ।

मधेशमा जनमतको नेतृत्वमा सरकार बनेपछि जनमत र नाउपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ । यही गृहकार्य चलिरहेको बेलामा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमार्फत् राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका हुन् ।

जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एकएक जना मन्त्री फिर्ता बोलाउने तयारी छ । यद्यपि त्यसबारे कुनै निर्णय भएको छैन ।

प्रधानमन्त्री प्रचण्डले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने वचन दिएको बताइएको छ । त्यसका लागि माओवादीबाट मन्त्री बनेका हितबहादुर तामाङलाई फिर्ता बोलाउने तयारी छ ।

एमालेले पनि एक मन्त्री फिर्ता बोलाउनुका साथै मन्त्रालयको साटफेर गरेर जानुपर्ने विषयमा छलफल चलाएको छ । यद्यपि एमालेले कसलाई फिर्ता बोलाउने भन्ने निर्णय गरेको छैन ।

यद्यपि बजेट पारित हुनुअघि आफूहरु सरकारमा सहभागी नहुने जनमतका अध्यक्ष राउतले बताएका छन् ।
गृहमन्त्री लामिछानेमार्फत् आफूलाई ओलीले परराष्ट्र मन्त्रालय लिन प्रस्ताव गरेको राउतले स्वीकारे ।

अहिले परराष्ट्रमन्त्री माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । माओवादीभित्र अर्थमन्त्रीबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिन दबाब बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?