© २०२३
बुटवल ।
सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (पूर्वसीईओ) नवीन सुवेदीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा ३ वर्ष भन्कैदा बढी कैद सजाय भएको छ।
विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण कसुरमा यसअघि नै दोषी ठहर भएका सुवेदीलाई शुक्रबार सजाय निर्धारण भएको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसीईओ सुवेदीलाई २ करोड ३७ लाख ५४ हजार ४ सय १० रुपैयाँ जरिवानाका साथै ३ वर्ष ३ महिना १८ दिनको कैद सजाय तोकेको हो।
अदालतले सुवेदीले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को खण्ड (क) (ख) र (ग) ले निषेधित कार्य गरेको ठहर गरेको छ।
सो ऐनको दफा २० को उपदफा ७ बमोजिम जरिवाना र कैद सजाय गरेको अदालतले जनाएको छ।