© २०२३
नवलपुर, २८ जेठ ।
नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका शैक्षिक क्षेत्रमा गण्डकी प्रदेशको उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित भएको छ ।
प्रिन्सिपल एशोसिएशन नेपालले देशका सातवटै प्रदेशबाट एक एक वटा स्थानीय तहलाई उत्कृट स्थानीय तहको अवार्ड प्रदान गरेको हो ।
शनिबार काठमाडौंमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले उत्कृष्ट शैक्षिक पालिकाको अवार्ड ग्रहण गरेका हुन् । उपसभामुख इन्दिरा रानाले नगरप्रमुख अधिकारीलाई उक्त अवार्ड प्रदान गरेकी थिइन् ।
लामो समय देखि शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम, सूचना तथा प्रविधि, सुशासनको आधारमा विभिन्न सात वटा स्थानीय तह उत्कृष्ट पालिका पुरस्कारको लागि छनोट भएको हो ।