© २०२३
तिलोत्तमा,२७ जेठ । एसईई ओपन टि १० क्रिकेट टुर्नामेन्टको उपाधि गुरुकुल बीले जितेको छ । तिलोत्तमाको नयांमिलस्थित प्यारामाउन्ट माविले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा गुरुकुल बीले नमबुद्धलाई २४ रनले पराजित गरेको हो । तिलोत्तमा ८ ज्योतिनगरस्थित खेल मैदानमा सञ्चालित खेलमा पहिले ब्याटिङ गरेको गुरुकुलले १०८ रन बनाएको थियो ।
१०९ रनको लक्ष्य पछ्याएको नमबुद्धले ८४ रनमै सीमित भएको थियो । उपाधिसंगै गुरुकुल बीले १० हजार र उपविजेता नमबुद्धले ६ हजार नगद सहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।
यस्तै म्यान अफ द सिरिज गुरुकुल बीका आशुतोष पाण्डे , बेस्ट ब्याट्समयान टिम माहिरतका सन्देश पोखरेल,बेस्ट बलर गुरुकुल बीकै आशिष भण्डारी,बेस्ट फिल्डर गुरुकुल बी कै सागर गैरे र फाइनल खेलको म्यान अफ द म्याच गुरुकुल बीबै अमन बोहरा घोषित भए ।
विजयी टिम र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राम गिरी,प्लस टु संयोजक लक्ष्मण अर्याल र विद्यालयका प्रशासकीय अधिकृत होमप्रसाद शर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राम गिरी, प्लस टु संयोजक सुरज बस्याल,शिक्षक सुरज पन्तले अहिले युवामाझ लोकप्रिय खेल क्रिकेटको विकास र क्रिकेटमा रुचि राख्ने नवोदित विद्यार्थी खेलाडीको क्षमता विकासलाई प्राथमिकता दिएर प्यारामाउन्टले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी यो प्रतियोगिता आयोजना गरेको बताएका थिए ।
विद्यालयले दुई जना दक्ष प्रशिक्षक नै राखेर विद्यालयमा नियमितरुपमा क्रिकेट प्रशिक्षण पनि दिइरहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी