© २०२३
बुटवल,२४ जेठ । इजरायलले गाजामा पुनः आक्रमण शुरु गरेको छ। पछिल्लो पटक उसले बुरेज शरणार्थी शिविरको पूर्वी इलाका र मध्य गाजाको डेर अल–बलाह सहरमा आक्रमण शुरु गरेको हो। बुधबार बिहान शुरु भएको आक्रमणमा कयौँ मानिस मारिएको बताइएको छ।
हवाइ तथा स्थगलगत आक्रमणमा कम्तीमा ७० जना मारिएको एक गैरसरकारी संस्था साइन्स फ्रन्टियर्सले बताएको छ। मारिनेमा अधिकांश महिला र बालबालिका छन्। अमेरिकाले मंगलबार मात्रै इजरायललाई गाजामा युद्धविराम गर्न दबाब दिएको थियो भने हमास समूहलाई इजरायली शर्त पालना गरी युद्धविरामका लागि तयार रहन आग्रह गरेको थियो। तर त्यसको भोलिपल्ट बिहानैदेखि इजरायलले अर्को शहरलाई निशाना बनाएर आक्रमण शुरु गरेको अधिकारीहरूले जनाएका छन्।
इजरायल हमासको अन्त्य नगरी युद्ध नरोक्ने मनस्थितिमा छ। इजरायलले गाजामा जारी राखेको आक्रमणमा ७ अक्टोबर यतामात्रै ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यसैबीच रुसले पश्चिमा देशमाथि आक्रमणका लागि हतियार दिने धम्की दिएको छ। रुसमा आक्रमण गर्न अमेरिका लगायतका देशले युक्रेनलाई हतियार दिने तयारी गरेको विषयमा आपत्ति जनाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूले पनि त्यसो किन नगर्ने भन्दै यस्तो चेतावनी दिएका छन्।
एक पत्रकार सम्मेलनमा पुटिनले पश्चिमा देशका संवेदनशील क्षेत्रमा आक्रमणका लागि आफ्ना सहयोगीलाई हतियार उपलब्ध गराउने चेतावनी दिएको बीबीसीले जनाएको छ। उनले जर्मनी युक्रेनलाई लामो दूरीको हतियार दिन सहमत भएको भन्दै यसले जर्मनीसँगको सम्बन्ध अन्त्य हुने चेतावनी दिए।
Photo : File
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी