© २०२३
काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विक्री गर्ने व्यक्तिको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले नेपालको गोप्य सूचना बेच्यो गृहमन्त्री रवि लामिछानेलाई प्रस्ट पार्नका लागि रुलिङ लागि सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीले भनेकोले गृहमन्त्रीको स्पष्ट धारणा माग गरेको भन्दै उनले यस मामिला त्यसै निभ्नेवाला नरहेको बताए ।