© २०२३
बुटवल, १९ जेठ । बजारका छाडा चौपाया संरक्षण गरिएको शिवनगरस्थित नन्दिनी गौशालामा सहयोगको अभियान शुरु भएको छ । रुपन्देहीका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु अहिले गौशालालाई सहयोग शुरु गरेको हो । यसैक्रममा शनिबार रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले १० क्वीन्टल दाना सहयोग गरेको छ ।
एक कार्यक्रमको बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, वडा नं ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, प्रजापाल गिरी, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष श्रीराम अधिकारी, वरिष्ठ उपाध्यक्ष माधबकुमार खनाल, संघका महासचिव अर्जुन थापाले सहयोग हस्तान्तरण गरेका छन ।
कार्यक्रममा पाण्डेयले गौशालालाई धार्मिक र आध्यात्मिक पर्यटकिय गन्तव्य बनाउने गरि अघि बढेको उनले बताए । १०८ पिपल र शालिग्राम लगायत पवित्रस्थल बनाउने गरि नगरपालिकाबाट अघि बढाएको अभियानमा सम्पुर्ण नगरबासी र संघसंस्थाहरुको सहयोग जरुरी रहेको उनले बताए । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले सामाजिक उत्तरदायित्व अन्तरगत गौशालालाई सहयोग गरिएको बताए । सडक दुर्घटना न्युनिकरण र नगर सौन्दयीकरणको काममा समेत यसबाट फाईदा मिलेको उनले बताए ।