© २०२३
बुटवल, १७ जेठ । रुपन्देहीमा जारी जिल्ला लिग २०७९/०८० मा सुनौलो संगम एफसी र सिम्रिक युवा क्लब जित निकाल्दै ३÷३ अंक जोड्न सफल भएका छन । बिहिबार भएको खेलमा सुनौलो संगमले लिस्नु युवा क्लबलाई ४—० तथा सिम्रिकले बुटवल युनाईटेड एफसीलाई २—१ गोल अन्तरले पराजित गर्दै अंक जोडेको हो ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको पहिलो खेलमा एकतर्फी रुपमा सुनौलो खेलमा हाबी भयो । यसैगरि दोस्रो खेल निक्कै प्रतिस्प्रर्धात्मक खेलमा सिम्रिकका दर्शन बिक र सुमन थापाले विजयी गोल गरे भने बुटवल युनाईटेडका अमन बहादुर बलालले सान्त्वना गोल गरे ।
प्रतियोगितामा उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजार, तृतिय ३० हजार र २० हजार रुपैया पुरस्कार राशिबाट पुरस्कृत गरिने संघका महासचिव हिमाल गौचनले बताए । १९ दिनसम्म चल्ने प्रतियोगितामा साढे ८ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।