© २०२३
बुटवलको वडा नम्बर ५ र ६ लाई केन्द्र बनाएर स्थापना भएको राधाकृष्ण युवा क्लबले रक्तदान गरेको छ । आईतबार क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरे । कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालीका वडा नम्बर ६ का वडाध्यक्ष जगदिश चन्द्र आचार्यले रक्तदान जिबन दान हुने बताए । समाजमा धेरै सामाजिक कामहरू गर्न सकिन्छ तर रक्तदान जसले एक ब्यक्तिको जिबन बचाउन सहयोग गर्छ यो आफैमा महान भएको भन्दै राधाकृष्ण युवा क्लब ले समय समयमा रक्तदान गरेर धेरै बिरामीको जीवन बचाउँदै आएको छ ।
वडाभित्र हुने जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको भन्दै टोलहरूमा हुने सामाजिक कार्यमा क्लब सँग मिलेर काय गर्ने अध्यक्ष आचार्यले बताए । यता वडा नम्बर ५ का वडा अध्यक्ष तेज बहादुर सुनारले रक्तदान जीवनदान नारानै महान भएको बताए । रगत दिँदा भन्दा आफूले दिएको रगतले कसैको जिबन बचाउँदा खुसी लाग्ने भन्दै अब सबै क्षेत्रलाई रक्तदानमा लाग्न यो क्लबले चेतना जगाउनु पर्ने बताए । रक्त सन्चार केन्द्र बुटबलकी बरीष्ठ ल्याब टेक्निसीयन राधा ज्ञवालीले बुटवल क्षेत्रमा रगतको खपत दैनिक बढ्दो रहेको बताईन ।