© २०२३
सुर्खेत । यसअघि भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिन अस्वीकार गरेका एमाले नेता विनोदकुमार शाहले अन्ततस् सोही मन्त्रालय लिएर कर्णाली सरकारमा सहभागी हुने भएका छन् ।
शाहले बुधबार दिउँसो साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा शपथ ग्रहण गर्नेछन् ।
मुख्यमन्त्री कँडेलले १८ वैशाखमा एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका एमाले नेता शाहले कँडेलले एकलौटी गरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।
मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई २ जेठमा मन्त्रिपरिषद्बाट हटाउँदै उक्त मन्त्रालय आफूसँगै राखेका थिए ।
कर्णालीमा कँडेल र शाहले पार्टीभित्र छुटाछुटै गुट चलाउँदै आएका छन् । प्रदेशमा कँडेलले एकलौटी गरेको भन्दै शाहले काठमाडौँ गएर केन्द्रका नेतासँग छलफल गरेका थिए । पार्टी केन्द्रको दबाबपछि मुख्यमन्त्री कँडेलले शाहलाई मनाएर कृषि मन्त्रीमा नियुक्त गरेको एमाले स्रोतको भनाइ छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी