Butwal Today

विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद

८ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच प्रतिनिधि सभाले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पास गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । तर कांग्रेसको अवरोधका कारण धन्यवाद दिने प्रस्ताव पेश हुन सकेको थिएन ।

मंगलबार पनि कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेको थियो । तर सभामुखले कार्यसूची अगाडि बढाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धन्यवाद दिने प्रस्ताव पेश गरे । सभाले त्यसलाई पास गरेको छ ।