© २०२३
बुटवल, ५ जेठ। बुटवलमा खेलकुदसंगै सामाजिक गतिविधिमा अग्रसर रहदै आएको फुलबारी गाईजको चौथौ अधिवेशन तथा १० औ साधारण सभाबाट तेजु रानामगरको अध्यक्षतामा ११ सदस्यीय टिम सर्वसम्मत चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्ष सरोज दर्लामी, उपाध्यक्ष राजन बुढाथोकी, उपाध्यक्ष थमन पुन, महासचिव सरु थापा, सचिव गौतम गुरुङ, कोषाध्यक्ष राहुल खड्की, सदस्यहरु पुरन राना, माधव कुवर, उत्तम श्रेष्ठ निर्वाचित भएका छन ।
एक समारोहका बिच क्लबका संरक्षक यम प्रसाद गलामीले कार्यक्रमको उद्घाटन गर्दै युवाहरु एकतावद्ध भई सामाजिक कार्यमा निरन्तर अग्रसर रहदै आएको बताए । क्लबका नवनिवार्चित अध्यक्ष रानाले आफनो कार्यकालमा संस्थालाई बलियो र धेरै युवाहरुलाई जोड्ने गरि कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।
क्लबका अध्यक्ष शिव रानामगरले कार्यक्रममा क्लबको वार्षिक प्रगति विवरण पेश गर्दै सबैको सहयोगमा फुलबारी गाईजलाई उचाईमा ल्याउन सफल भएको बताए ।
कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार हसन्त लामा, सल्लाहकार तथा बुटवल उपमहानगरपालिका वडा नं. २ का वडाअध्यक्ष सुनिल शाक्य, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले खेललाई ब्यवसायिकतासंगै पर्यटन विकासमा युवाहरुको अग्रसरता जरुरी रहेको बताए ।