© २०२३
बुटवल, ४ जेठ । लुम्बिनी प्रदेशको बुद्धिचाल खेलकी च्याम्पियन नमन सेढाईलाई शुक्रबार बिदाई तथा शुभकामना कार्यक्रम गरिएको छ । नेपालबाट ओलम्पिक प्रतियोगितामा भाग लिने छनौट खेलमा सहभागी हुन जान लागेकी रुपन्देहीका सेढाईलाई बुटवल उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष माधव प्रधान, बुटवल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बाबुराम पौडेल, रुपन्देही बुद्घिचाल संघका कोषाध्यक्ष मनु दर्लामी, संघका नगर अध्यक्ष सुधिर पुनले आर्थिक सहयोग सहित बिदाई गरेका हुन ।
भक्तपुरमा जेठ ६–१० सम्म छनौट प्रतियोगिता हुदैछ । देशभरबाट २० जना महिला बुद्धिचाल खेलाडीहरु बिच प्रतियोगिताबाट १० जना छनौट हुने र त्यसमध्येबाट ५ जना ओलम्पिकमा सहभागी हुन पाउने प्रावधान रहेको नेपाल बुद्धिचाल संघ केन्द्रीय उपाध्यक्ष माधव प्रसाद प्रधानले बताए । खेलमा सेढाईको सम्भावना रहेको उनले बताए । नवौ राष्ट्रियको च्याम्पियन रहेकी सेढाई स्वत छनौट भएको हो ।
दिप बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययरत हुदादेखी बुद्धिचाल खेलेकी उनि कहिले प्रतियोगितामा दोस्रो भईनन । हाल एक्सिस कलेजमा बिबिए आठौ सेमिस्टारको परीक्षा दिएकी छन । बुद्धिचालमा उनि एक पटक पश्चिमाञ्चल र गतवर्ष प्रदेश स्तरीय च्याम्पियन बनेकी हुन ।