© २०२३
बुटवल, ४ जेठ । रुपन्देहीमा सफल शैक्षिक संस्थाका रुपमा पहिचान बनाएको स्कलर्स होम बोर्डिङ स्कुलमा विद्यार्थी नेता छनौट गर्न प्रजातान्त्रिक पद्यती अप्नाईएको छ । शैक्षिकसंग अतिरिक्त क्रियाकलापहरुमा समेत नेतृत्व लिने गरि स्कुलको नेता चुन्न शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुमध्येबाट ६/६ जना छात्र र छात्रा उम्मेदबार बने । विद्यार्थीहरुको आनीबानी, ब्यवहार र मुल्यांकनको आधारमा उम्मेदवार छनौट गरिएको विद्यालयका उपप्राचार्य टिकाराम गौतमले बताए । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनसंगै विविध रचनात्मक कार्यमा अग्रसर गराउने गरि नोमिनी फर स्कुल प्रिफेक्स २०८१ गरिदै आएको उनले बताए । विद्यालयमा अगुवा विद्यार्थी शिक्षकबाट नै मनोनित गर्ने प्रचलन रहेकोमा पछिल्लो ४ वर्षदेखि आफुहरुले निर्वाचन प्रक्रिया अप्नाउदै आएको उनले बताए ।
निर्वाचन प्रणालीको बारेमा पाठ्यक्रममा रहेको र विद्यार्थीहरु अध्ययन गर्नुपर्ने हुदा यसको ब्यवहारिक ज्ञान हुने गरि कार्यक्रम गरिएको उनले बताए । निर्वाचन प्रणाली, मतपत्र, छाप, मतपेटिका, बुथ, उम्मेदवार, मत, मत परिणाम, सदर, बदर, विजेता घोषणा, शपथ लगायत शब्दावली जो पढेकोमात्र हुन्छ त्यसलाई ब्यवहारिक रुपमा विद्यार्थीहरुलाई नै उम्मेदबार बनाएर बुझाउन सहज हुने गरेको उनले बताए । विजेता उम्मेदबारमध्येबाट सर्वाधिक मतको आधारमा पद विभाजन गरिएको छ । सबैभन्दा धेरै मत पाउने दुई जना क्याप्टेन, दुई जना एसिस्टेन्स र २ जना हाउस क्याप्टेनको पदमा छनौट हुने ब्यवस्था रहेको छ । बिहान विद्यालयमा हुने प्रार्थनादेखी विविध गतिविधिमा उनिहरु जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । मतदानमा ३५० जना विद्यार्थीहरु सहभागी रहेका थिए । अघिल्लो वर्ष स्कुल प्रिफेक्स सुरज यादव, कामना राना रहेका थिए ।
विद्यालयका प्रशासन प्रमुख लोक बहादुर भण्डारी (राजु) ले विद्यालयमा अध्ययरत बालबालिकाहरुको पढाईको अतिरिक्त नेतृत्व र सिकाई विकास हुने गरि अभ्यासमा जोड दिदै आएको बताए । मतदान प्रक्रियामा अस्थाई प्रहरी बिट बसपार्कबाट प्रहरी नै तैनाथ गरिएको उनले बताए । स्कुलको विविध रचनात्मक काममा उनिहरुलाई जिम्मेवारी दिईने गर्दछ । यसैगरि विद्यालयका नर्सरी देखि कक्षा ५ सम्म अध्ययरत विद्यार्थीहरुको शारीरिक स्वस्थ्य जाचको क्रममा तौल र उचाई नाप्ने कार्यक्रम समेत भएको उनले बताए ।