ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

काठमाडौँ ।

गृह सचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका हुन् ।

यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रुकै रुपमा विमानस्थल छिरेका अर्यालले एयरलाइन्सका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे । उनी बुधबार बिहान ९ बजे नै अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका थिए । तर, उनी आउने सुुइँको कर्मचारीहरुले पाएका थिएनन् ।

यात्रुको चेकजाँज हुने क्षेत्रको निरीक्षण गरेका गृह सचिव अर्यालले अध्यागमनमा डेक्स थप्ने लगायत भिआइपी कक्ष, सिसी क्यामरा, कर्मचारीहरुको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेका छन् । आकस्मिक निरीक्षणमा पुुगेका गृहसचिव अर्यालले विमानस्थलस्थित डिउटीमा खटिएका अध्यागमन अधिकृतहरुसँग सेवा सञ्चालनका क्रममा केही समस्या छन् कि ? भनेर सोधेका थिए ।

उनले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत् मन्त्रालयमा पठाउन भने । गृहसचिव अर्यालले जिम्मेवारी निर्वाह गर्ने क्रममा सेवाग्राहीलाई सेवा दिने कार्यमा कुनै कन्ज्यूस्याई नगर्न कर्मचारीलाई भनेका छन् । यसैगरी शसस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका डिउटी अधिकृतहरुसँग पनि उनले कुराकानी गरे । भौतिक पूर्वाधारदेखि लिएर जनशक्ति तथा समन्वयबारे समेत चाँसो राखेका गृहसचिव अर्यालले डिउटीमा खटिएका जवानदेखि अधिकृतसम्मका अनुभव र गुनासा सुन्नुुका साथै तत्काल समन्वय गर्नुपर्ने विषयमा अन दि स्पट नै सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएका छन् । यात्रु आगमनदेखि कर्मचारी, सुरक्षाकर्मी तथा कार्यालय प्रमुखहरु बस्ने कार्यकक्षसम्मै अनुगमन गरेका गृह सचिव अर्यालले देखिएका स–साना समस्याहरु समाधान गर्न र सरसफाइमा ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

नेपाल प्रहरी प्रमुख आइजीपी बसन्त बहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायण प्रसाद भट्टराईसहित अध्यागमन पुगेका गृहसचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, प्रमुख अध्यागमन अधिकृत नर बहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुंगाना लगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका छन् । ‘उपलब्ध स्रोत र साधनहरुको अधिकतम् उपयोग गर्नुस् ।

जुन–जुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीहरुले इमान्दार भएर त्यो पुरा गर्नुस्’, उनले भने, ‘भएका उपकरणहरुलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरु छिटो सक्नुस् ।’ राम्रो काममा मन्त्रालयको सधै सहयोग हुने उनको भनाइ छ । सिस्टमा कहि कतै समस्या भएमा नियमित मर्मत सम्भार र कर्मचारीहरु नियमित उपस्थित भई सेवा प्रवाह गर्नुपर्ने गृहसचिवबाट निर्देशन भएको छ । अर्यालले विभागलाई विमानस्थलमा हुने कार्य प्रविधिमैत्री बनाउन, नेटवर्किङ र अन्तर निकाय समन्वय गरेर प्रभावकारी सेवा सञ्चालन गर्न निर्देशन दिए ।

निरीक्षणका क्रममा गृहसचिव अर्यालले प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापालाई अध्यागमनमा डेस्क थप्न भएको निर्णय कार्यान्वयमा ल्याउन, भिसा इन्ट्री डेक्स अपडेट राख्न, सबै डेक्समा कर्मचारीको व्यवस्था मिलाउन तथा बिग्रेको सामान तत्काल मर्मत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । कस्टममा एक्सरे मेसिन बनाउने, लगेज आउने बेल्टमा बिग्रिएको मेसिन बनाउने विषयमा अर्यालले निर्देशन दिएसँगै थापाले डेस्क थप्ने विषयमा क्यानबाट र तत्कालै थप्नुपर्ने मेसिन विभागबाट समयमै उपलब्ध गराएमा सहज हुने जानकारी सचिव अर्याललाई गराएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्माले विशेष गरी न्यून स्रोत साधन तथा जनशक्तिका बिच बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गरिहेको जानकारी गराए । अहिले २८ वटा मेसिन सञ्चालनमा रहेका छन् ।

जुन २४ घण्टा सञ्चालनमा रहन्छन् । जसका लागि तीनवटा सिफ्टमा सञ्चालन गर्दा ८४ जना जनशक्ति आवश्यक पर्छ तर ६० जना प्रहरीले काम गरिरहेको प्रहरी अधिकारीले जनाएका छन् । त्यहाँ कम्तिमा पनि १०० जना प्रहरी अधिकारी आवश्यक पर्ने वताइन्छ । इमिग्रेसनमा यात्रुको चाप बढेकोले डेक्स संख्या थप्ने निर्णय भएपनि कार्यान्वयनमा भने आइसकेको छैन । विमानस्थलमा सुरक्षाका लागि एक्सेरे लगायतका आधुनिक उपकरण आवश्यक भएपनि हामीकहाँ भने पुराना र ति पनि बिगे्रको अवस्थामा रहेकाले बेला बेलामा समस्या आउने गरेको छ । साथै एक्सरे मेसिनको पनि कमी छ । अर्कोतर्फ एक्सेरे मेसिन चलाउने जनशक्तिको पनि अभाव र चोरी निकासी प्रहरीको दायित्वभित्र पर्ने भएपनि भन्सारमा प्रहरीको उपस्थिति छैन । अध्यागमनको डिपाचर तर्फका दुुईवटा काउन्टर तत्काल सुचारु ग्र्न पनि गृह सचिव अर्यालले निर्देशन दिएका छन् । स्टाफ हिड्ने बाटोलाई डाइभर्ट गर्ने निर्णय भएको विषय कार्यान्वयमा लैजान गृहसचिवबाट निर्देशन भएको विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख श्रेष्ठले बताए ।

गृह सचिवको निरीक्षणले ढिलासुस्ती भएका कामलाई छिटो सम्बोधन गराउन दबाब पर्ने श्रेष्ठले बताए । गृहसचिव अर्यालको आकस्मिक अनुगमनबाट आफूहरु उत्साहित भएको अध्यागमन अधिकृहरुको भनाई छ । ‘यसरी बेला बेला आएर हाम्रा कुरा सुनि दिँदा र यहाँको वास्तविकता बुझिदिँदा हौसला प्रदान हुँदो रहेछ,’ एक अध्यागमन अकिकृतले भने, ‘हामीले सेवाग्राहीलाई कसरी सेवा दिइरहेका छौँ भन्ने कुरा प्रत्यक्ष देखिन्छ पनि ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुंगानाले माथिल्लो निकायबाट समयसमय अनुुगमन भयो भने कहि कतै कमजोरीहरु भएमा सच्चाउन सहज हुने बताए ।

‘कतिपय कमजोरीहरु सधै काम गर्नेले देखेको हुँदैन । थाहा नपाउन सक्छ’, उनले भने, ‘यात्रुको गुनासो माथि पुुगेको पनि हुन सक्छ । र गुुनासो माथिबाट सम्बोधन गर्न सहज पनि हुुन्छ ।’ त्यसैगरी फिल्डतहमा काम गर्ने प्रहरी अधिकारीहरु पनि आइजीपीसहितको गृहसचिवको अनुगमनले आफ्ना गुनासाहरु सम्बोधन हुने विश्वास लिएका छन् ।

सो क्रममा अध्यागमन विभागका महानिर्देशक निरौलाले कार्यालयमा आवश्यक स्रोतसाधनहरु परिपूर्तिका लागि विभाग लागि परेको र स–साना आवश्यकताहरु तत्काल परिपूर्ति गराउने प्रतिवद्धता गृहसचिव अर्याल समक्ष गरेका छन् । प्रविधिमार्फत् सेवा प्रवाहलाई सहज बनाउन जोड दिँदै आएका गृह सचिव एकनारायण अर्याल गृह मन्त्रालय तथा मातहतका निकायलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएका छन् । शान्ति सुरक्षादेखि सेवा प्रवाहसम्मै चुस्त बनाउँदै आएका अर्यालले गृह नेतृत्व लिएसँगै राजश्व संकलनमासमेत सकरात्मक प्रभाव देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?