© २०२३
सुनवल, २४ बैशाख ।
पश्चिम नवलपरासीको रामग्राममा श्रीमतीको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रवार राति रामग्राम १६ सबुनी स्थित घरमा मध्यरातमा जोखन कहाँरले श्रीमती ललिता कहाँरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । हत्या पछि फरार रहेका उनलाई प्रहरीले तीन दिन पछि पाल्हीनन्दन बाट आज बिहान पक्राउ गरेको हो । घाटी र कोखामा धारिलो हतियार प्रहार गरेर कोहाँरले श्रीमतीको हत्या गरेको प्रहरीको भनाई छ ।
कहाँर दम्पत्ती बिच विवाद भएपछि ६ महिना अगाडि देखि श्रीमती भारत नौतुनवा स्थित माईतमा बस्दै आएकी थिइन् । गत बैशाख १७ गते जोखन ससुराली गई आफु सुध्रिने बाचा गरेर श्रीमती संगै घर फर्किएका थिए । मदिरा सेवन गर्ने गरेका उनले श्रीमती संग विगतमा विवाद गर्ने गरेको स्थानीयले बताएका छन् । कहाँरलाई प्रहरीले कर्तव्य ज्यान मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक सुदर्शन पन्थीले बताए । ८ वर्ष अघि विवाह गरेका कोहांर दम्पत्तिका २ छोरा छन् ।