© २०२३
वासिङटन डीसी ।
विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा अमेरिकाको डीसी मट्रो क्षेत्रमा अवस्थित अमेरिकाका लागि नेपाली दूतावासको कार्यालयमा राजदूत प्रा. श्रीधर खत्रीसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अन्तत्र्रिmया गरेको छ । सो अन्तत्र्रिmयामा राजदूत प्रा. खत्रीले दूतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म सेवा प्रवाहमा विशेष ध्यान दिइरहेको बताए ।
अमेरिकामा रहेका समुदायले दूतावासप्रति शिविर सञ्चालन नगरेको भन्ने गुनासोको बारेमा पत्रकारहरूको तर्फबाट सोधिएको प्रश्नमा राजदूत प्रा. खत्रीले दूतावासमा पर्याप्त जनशक्तिको अभावले गर्दा समुदायको मागबमोजिम शिविर सञ्चालन गर्न नसकिएको स्वीकार गरे । प्रा. खत्रीले अन्य राज्यमा दूतावासले शिविर सञ्चालनका बारेमा तयारी गरिरहेको बताए । राजदूत प्रा. खत्रीले आफ्नो समस्याका बारेमा दूतावसमा इमेलमार्फत सम्पर्क गर्न आग्रह गरे । यस्तै, राजदूत प्रा. खत्रीले नेजा र नेजामा आबद्ध पत्रकारहरूले नेपाल र नेपाली डायस्पोरालाई जोड्नका निम्नि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै प्रवासमा रहेका व्यक्तिहरूले नेपालमा गरिरहेको सहयोगका सन्दर्भमा पनि रिपोर्टिङ गर्न आग्रह गरे ।
सो अन्तत्र्रिmयामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, डीसी मेट्रो संयोजक हरिमाया काफ्ले, नेजाको अनुशासन समिति संयोजक, आजीवन सदस्य एवं सतीश चापागाईं, नेजा सदस्य सागर घिमिरेलगायतको टोली सहभागी थियो । सो अन्तत्र्रिmयामा दूतावासको तर्फबाट इकोनोमिक काउन्सिलर युवराज पाण्डे र द्वित्तीय सचिव उत्तम घिमिरेको सहभागिता रहेको थियो ।