Butwal Today

सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा

२३ बैशाख २०८१, आइतबार
अ+
अ-

बुटवल,२३ बैशाख ।   क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएका थिए । सन्दीपका लागि आज सुनवाइ भएको भए निकै महत्वपूर्ण हुने थियो । यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी २० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने थियो । क्यानले सन्दीपको फैसलाको पर्खाइमा रिजर्भ टोलीको घोषणा गरेको छैन ।