© २०२३
काठमाडौं,२३ बैशाख । क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ ।
जिल्ला अदालतको फैसला चित्त नबुझेपछि त्यसविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालतमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगत भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो । आज सुनुवाई सुरू हुने अपेक्षा सन्दीपले राखेका छन् ।
सन्दीपले टी २० विशश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् । विश्वकप खेल्ने खेलाडीहरुको नाम हेरफेर गर्ने डेडलाइन मे २५ तारेखसम्म छ । विश्वकप खेल्ने खेलाडीको नाम सार्वजनिक भएपछि सन्दिपले आफूमाथि गम्भीर षड्यन्त्र गरेर फसाइएको र उनीहरुको नाम छिटै सार्वजनिक गर्ने भन्दै मध्यरातमा सामाजिक सञ्जालमा पीडा व्यक्त गरेका थिए । लामिछानेविरुद्ध मुद्दा दिने किशोरी नाबालिग नभएको अदालतले पुष्टी गरेपनि उनलाई दोषी ठर गरिएपछि क्रिकेटप्रेमीहरुले पनि सन्दिपविरुद्ध योजनावद्ध षडयन्त्र भएको टिप्पणी गरिरहेका छन् ।