ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली

२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार

सुनवल, २१ वैशाख ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउने प्रयत्न भईरहेको बताएका छन् । शुक्रबार नेकपा एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनलाई सुनवलमा उद्घाटन गर्दे अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सुरु भईसकेको बताएका हुन् ।

देशी विदेशी शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउँदै उनले एमाले यही गठबन्धन टिकाउने पक्षमा रहेको उल्लेख गरे । प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकता नै नपर्ने दाबी पनि उनले गरे ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पद अहिले अक्षय तृतियामा बाँडिने सातु र सर्वत भन्दा पनि सस्तो भएको टिप्पणी गरे । ओलीले भने, ‘सातु र सर्वत समेत अक्षय तृतियामा त्यसरी बाँडिदैन होला जसरी अहिले प्रधानमन्त्री पद बाँडिदैछ ।’ नाम नलिई माधव नेपाल प्रति व्यङग्य गर्दे ओलीले प्रधानमन्त्री बन्ने भन्दै तमसुक बोकेर हिडिरहेकाहरु प्रधानमन्त्री बन्न नसक्ने आफुलाई थाहा भएको बताए ।

अध्यक्ष ओलीले मुलुकको आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपबाट देशलाई मुक्त गर्न राष्ट्रिय शक्ति निर्णायक रुपमा विकास गर्नुपर्ने सबैभन्दा टड्कारो आवश्यकता रहेको बताए ।

राष्ट्रिय स्वाधिनताको सवालमा एमालेले कसैसंग सम्झौता नगर्ने बताउँदै अध्यक्ष ओलीले बाह्य शक्तिबाट सहायता लिने तर आश्रित हुन नहुने धारणा व्यक्त गरे । नेपाली भूमि रक्षा गर्ने, स्वाधिनताको रक्षा गर्ने ठेक्का एमालेलाई मात्रै दिए जस्तो भएको बताउदै आफुहरु उक्त एजेन्डाबाट विमुख नहुने पनि उल्लेख गरे । ओलीले सुस्ता बचाउनका लागि वि. सं. २०२५ सालमा काठमाण्डौमा आन्दोलन गर्ने क्रममा पहिलो पटक आफु पक्राउ परेको स्मरण गर्दे उक्त गिरफ्तारी राजनैतिक जिवनको पहिलो गिरफ्तारी भएको पनि बताए ।

अध्यक्ष ओलीले शुक्रबार बिहान भारतीय अतिक्रमणको चेपटामा पर्दै आएको सुस्ताको पनि अवलोकन गरेका थिए । पारी सुस्ता गाउँ नगएपनि उनले पारी सुस्ता जानका लागि नारायणी नदीमा बन्दै गरेको झोलुङ्गे पुलको निरीक्षण गरे ।

यसैगरी ओलीले त्रिवेणी धाम सहित गौमत वुद्धको एक मात्र सिंगो अस्थीधातु रहेको स्थल रामग्राम स्तुपको पनि शुक्रबार नै अवलोकन गरेका छन् । रामग्राम स्तुपको विषयमा विशेष चासो राख्दै ओलीले स्तुपको थुम्कोमै पुगेर त्यसबारे जानकारी लिएका थिए । सो क्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले स्तुपको महत्व र यसको विकासमा भईरहेको ढिलाई बारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । संघीय सरकार मातहत रहेको लुम्बिनी विकास कोषकै कारण रामग्राम पछाडी परेको भन्दै यादवले त्यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन अध्यक्ष ओलीसंग आग्रह पनि गरे ।

यसैबिच एमालेको सुनवल स्वाठीमा शुक्रबारबाट सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दे सकिने छ । अधिवेशन उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्यमा अर्याल, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, पोलिट्व्युरो सदस्य वैजनाथ चौधरीे, पाल्पाका एमाले अध्यक्ष धनेन्द्र घिमिरे, एमाले नवलपरासीका अध्यक्ष दिपेन्द्र कुमार अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

शुक्रवारबाटै चुनावी कार्यक्रम सुरु भएको सचिव धिरज शर्मा बस्यालले जानकारी दिए । १ सय पाँच सदस्यीय जिल्ला कमिटीका लागी ४ सय २६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष दिपेन्द्र कुमार अधिकारी र सचिव धिरज शर्मा बस्याल आकांक्षी छन् । सर्वसम्मतको प्रयास आन्तरिक रुपमा भईरहेपनि हाल सम्म भने सहमति जुट्न सकेको छैन । अध्यक्ष ओलीले सहमति नभए धेरै छलफल नगरी समयमै मतदान गरेर नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?