ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
ढोँडेनी गाउँमा खानेपानीको पीडा 

चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन्

२० बैशाख २०८१, बिहीबार
२० बैशाख २०८१, बिहीबार

नवलपुर, २० वैशाख ।

मुख्य राजमार्गले छोएको जिल्लाको सुगम मानिने गैंडाकोट नगरपालिकाको वडा नं. ३ ढोंडेनी गाउँका चार सय घर परिवार खानेपानीको सुविधाबाट वर्षौदेखि बञ्चित छन् ।

पुर्व–पश्चिम राजमार्गको गैंडाकोट नगरपालिका हरेक अवस्थाबाट सुगम र विकसित पालिकाका रुपमा रहेको भए पनि गैंडाकोटको मुुख्य राजमार्गबाट सात किलोमिटर उत्तरमा रहेको ढोंडेनी गाउँमा अझै खानेपानी पुगेको छैन । जसका कारण त्यहाँका चार सय घर परिवारका झण्डै दुई हजार दुई सय स्थानीय शुद्ध खानेपानीबाट बञ्चित हुनुपरेको गैंडाकोट नगरपालिका वडा नं. ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।

नगरपालिकाको वडा नं. ३ मुख्य राजमार्गबाट उत्तरमा रहेको छ र यहाँको सबै भन्दा मुख्य समस्या भनेको खानेपानी नै हो । अहिले त वडा नं. ३ ढोंडेनी गाउँ भएर कालीगण्डकी करिडोरको निर्माण भै यातायात समेत सञ्चालन हुने गरेको छ र सुगम भएर पनि धेरै टाढाबाट पानी ल्याउन बजेटको समस्या भएकैले पनि यहाँका बासिन्दाले शुद्ध खानेपानी पिउन नपाएको वडाध्यक्ष तिवारी बताउँछन् ।

गाउँबाट मुहान करिब १२ किलोमिटर टाढा रहेको र अहिले पनि अस्थायी पाईप राखेर खानेपानी ल्याईएको भए पनि त्यो कहिले कहिले मात्र धारामा आउने गरेको तर शुद्ध नभएको भए पनि खानेपानी खान बाध्य रहेको स्थानीय टिएन आले मगर बताउँछन् ।

ढोंडेनी गाउँबाट खानेपानीको मुहान भएको गडम्दी खोला करिब १२ किलोमिटर टाढा रहेको र यहाँबाट खानेपानी योजना सञ्चालनका लागि आठ करोड भन्दा बढी रकमको आवश्यक पर्ने भएकाले पनि सो रकम जुुटाउनका लागि धेरै प्रयास गरे पनि सफल हुन नसकेको र अझै पनि सँघीय र गण्डकी प्रदेश सरकारको हरेक वर्ष ध्यानाकर्षण गराउने गरिएको भए पनि सुनुवाई नहुनु दुखको बिषय भएको गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताए ।

चार सय घरपरिवारका करिब दुई हजार दुई सयको बसोबास रहेको ढोंडेनी गाउँमा अहिले स्थानीयले धेरैजसो कुवाको पानी खान बाध्य छन् भने धारामा कहिलेकहिले पानी आउने गरेको र पानी आउँदा घण्टौँ लाईनमा बस्नुपर्नै बाध्यताले हैरानी खेप्नुपरेको र अब सरकारले यसको दीर्घकालिन समाधान गर्नु पर्ने स्थानीय शिक्षक शम्भु तिवारीले बताए ।

सुगम गाउँ भएर पनि दुुर्गमको जस्तो ब्यवहार यहाँका जनताले भोग्नुपरेको छ । चुनावका समयमा भोट माग्दा यहाँका गाउँलेको एउटै प्रश्न खानेपानी चाहियो भन्ने हुन्छ । चुनाव जितेपछि त्यो आश्वासन पूरा गर्ने वचन पनि नेताले दिने गर्छन् तर चुनावका आश्वासन चुनाव सकिएपछि सबैले बिर्सिदिन्छन् । जनताको विश्वास दलप्रति गुम्दै जानु पनि एउटा यो कारक रहेको वडाध्यक्ष तिवारी बताउँछन् ।

नगरपालिकाले एउटै योजनामा करोडौँ खर्च गर्न सक्दैन । सबैतिर वितरण गर्दा ठूलो आयोजना प्रभावित हुुने गर्दछ । त्यसका लागि सँघीय र प्रदेश सरकार नै जिम्मेवार हुनुपर्ने नगरप्रमुख मदनभक्त अधिकारी बताउँछन् । अहिले लिफ्टिङ गरेर खानेपानी पुर्याउन अध्ययन भैरहेको उनी बताउँछन् ।

शुद्ध खानेपानी नपाउँदा सम्म अहिले स्थानीयले नजिकका कुवा, ताल तलैयाको सँरक्षण गरी त्यसैको उपयोग गरी खानेपानी प्रयोग गरिरहेका छन् भने अब सँघीय र प्रदेश सरकारको ढोकामा पुगेर स्थायी रुपमा योजना छनौट गर्न र जनताको नैसर्गिक अधिकारका लागि लड्ने वडाध्यक्ष तिवारीले बताए । सुगम मानिएको गैंंडाकोट नगरपालिकाको ढोँडेनी गाउँमा देखिएको खानेपानीको हाहाकारले सबैको ध्यान तान्न थालेको स्थानीय थानेश्वर रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?