Butwal Today

नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै

१९ बैशाख २०८१, बुधबार
अ+
अ-

काठमाडौं,१९ बैशाख । नेपालले वेस्ट इन्डिज ए सँगको टी–२० सिरिजको तेस्रो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

टी २० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ए सँग घरेलु मैदानमा ५ टी २० खेल खेलिरहेको हो ।
आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज एसँग १० रनले पराजित भएको थियो ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको थियो । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।