© २०२३
बुटवल,१६ बैशाख । बुटवलको लुम्बिनी केबलकार बैशाख १७ र १८ गते बन्द हुने भएको छ । लुम्बिनी केबलकार लि. ले एक सूचना जारी गर्दै दुई दिन सेवा बन्द हुने जानकारी गराएको हो । अष्ट्रियाको विश्व प्रसिद्ध केबलकार निर्माता कम्पनी डोपलमायर कम्पनीका वरिष्ठ इन्जिनियर र प्राविधिकहरुको टोलीले केबलकारको प्राविधिक पक्ष निरीक्षण गर्नुपर्ने भएकाले सेवा बन्द गरिने कम्पनीका अपरेसन म्यानेजर वरिष्ठ इन्जिनियर डीएन कायस्थ् सैजूले जानकारी दिए ।
लुम्बिनी केबलकार पनि डोपलमायर कम्पनीले बनाएको हो । यो कम्पनीले विश्वका जुनसुकै स्थानमा सञ्चालनमा आएका डोपलमायर कम्पनीका केबलकारहरुको बेला बेलामा निरीक्षण गरी प्राविधि पक्ष सुधार वा मर्मत गर्नुपर्ने भए गर्न लगाई पूर्णरुपमा सुरक्षित छ भन्ने प्रत्याभूति दिलाउने गरेको छ ।
बैशाख १९ गतेदेखि पुर्ववतरुपमा केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ । प्रदेशको पहिलो लुम्बिनी केबलकार गत वर्ष जेठ १५ गतेदेखि सञ्चालनमा आएको थियो ।