© २०२३
तिलोत्तमा, वैशाख १४ ।
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले “बुक लेस फ्राइडे” को दिन शुक्रबार विद्यार्थीहरुलाई ऐतिहासिक पर्यटकीय स्थल नुवाकोटको अवलोकन भ्रमण गराएको छ ।
विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई नुवाकोट लगेर त्यस क्षेत्रको पर्यटकीय अवस्था र संभावनाको बारेमा जानकारी गराएको हो । उक्त अवलोकन भ्रमणमा शिक्षकहरुसहित करिव १५० विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।
विद्यालयले नयाँ शैक्षिकसत्रको सुरुवातमा विद्यार्थीहरुलाई ऐतिहासिक पर्यटकीय क्षेत्र नुवाकोटको भ्रमण गराएको हो । यसबाट विद्यार्थीहरुमा यस क्षेत्रको पर्यटकीय अवस्था, संभावना र ऐतिहासिक क्षेत्रको बारेमा समेत जानकारी हुने प्राचार्य गौतमले बताए ।