© २०२३
बुटवल,१४ बैशाख । सहकारी ठगीको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका युवा नेता दिपेश पुन थुनामुक्त भएका छन् ।
जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले बताए ।
एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् ।
पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबी दाबी छ ।
यसअघि सुप्रिम सहकारीकी भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईसहितका अभियुक्तहरु धरौटी राखेर छुटेका थिए । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने अदालतले थुनामै राख्न आदेश दिएको छ ।