© २०२३
बुटवल, १४ वैशाख ।
काठमाडौंको प्रख्यात मानिएको मोर्डन डाईनोष्टिक एण्ड रिसर्च सेन्टर प्रालि र टेस्ला फार्मेसीले बुटवलमा आफ्नो शाखा स्थापना गरेका छन् । काठमाडौं, भरतपुर र जनकपुरपछि बुटवलमा स्थापना गरिएको चौथो शाखा हो । बुटवलमा स्थापना गरिएको प्रयोगशाला बी ग्रेडको हो ।
बुटवल उपमहानगरपालिका–९ कालिकानगरमा मोर्डन डाइग्नोस्टिक ल्याव र टेस्सा फार्मेसीको शुक्रबार शुभारम्भ गरिएको हो । यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु सुमन पाठक, लक्ष्मण पाठक, विशाल कंडेल, गोविन्द पाठक, मुकुन्द ज्ञवाली, राजु पौडेल, मधु पोखरेलको संयुक्त लगानीमा मोडन डाइनोष्टिक ल्याव र टेस्ला फार्मेसीको बुटवल शाखा सञ्चालनमा ल्याइएको हो ।
कुल ६ करोड लगानीमा ल्याव र फार्मेसी सञ्चालनमा ल्याइएको अध्यक्ष शिवप्रसाद ज्ञवालीले जानकारी दिए । उनले बुटवल शाखाले सेवाग्राहीको विश्वास जितेर अघि बढ्ने दावी गरे । उनले प्याथोलोजी सेवालाई अझ बढी गुणस्तरीय बनाउने उद्देश्यले बुटवलमा शाखा स्थापना गरिएको जानकारी दिए ।
ल्याव र फार्मेसीको शुक्रबार एक कार्यक्रमका बिच नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेले उदघाटन गरेका हुन् । त्यस अवसरमा उनले यस क्षेत्रका जनताले यसबाट गुणस्तरीय सेवा प्राप्त गर्ने र बिरामीले सहज र सरल रुपमा ल्याव परीक्षण र औषधि प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
शुभारम्भका अवसरमा तत्कालका लागि कम्पनीले ल्याव परीक्षणमा ५० प्रतिशत सम्म छुट सुविधा उपलव्ध गराएको सञ्चालक मधु पोखरेलले बताए ।